Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन्। गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा कुटाकुट भएको हो। सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको बताइएको छ। कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन्। उनीहरुमध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: बझाङमा चरेससहित एक जनालाई पक्राउ गरिएको छ। बुङगल नगरपालिका–२ रैसेल्ली बस्ने ४१ वर्षीय उज्जल जाग्रीलाई शुक्रवार चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेससहित पक्राउ गरिएको जिप्रका बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा चरेससहित जाग्री समातिएका हुन्। उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–३ लक्ष्मी नर्सरी नजिक चालक धनगढी–३ बस्ने २३ वर्षीय उमेश चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल र चालक अछामको साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँदले चलाएको से.७ प. ५७४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा शुक्रवार दुर्घटना भएको हो। दुर्घटना हुँदा चार जना घाईते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाईकल चालक चन्द रहेका छन्। चन्दको टाउको, अनुहार र पिठ्युमा चोट लागेको छ। यस्तै से.७ प. ५७४१ नम्बरको मोटरसाईकल चालक साउदको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। साउदले चलाएको मोटरसाईकलमा…

Read More

धनगढी: अछाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो ३ः४५ बजे प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूको घर र खेतमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा नन्दराम साउँदले आफ्नो घर नजिकैको बारीमा लुकाएर राखेको एक नाले भरुवा बन्दुक, सिसाका १३ वटा गोली र बारुद फेला परेको प्रहरीले जनाएको छ। यस्तै, चिन कार्कीको घरको सुत्ने कोठामा लुकाएर राखेको अर्को एक नाले भरुवा बन्दुक, सिसाका ९ वटा गोली र बारुद पनि प्रहरीले बरामद गरेको छ। सो…

Read More

धनगढी: कैलालीको अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँई बस्ने संजय चौधरी रहेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल पल्टिँँदा चालक गम्भिर घाइते भएका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: चर्चित सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु उर्फ जीबी राईलाई खोज्न गएको प्रहरी टोली रित्तै फिर्ता भएको छ। राईलाई नेपाल ल्याउन भन्दै गएको प्रहरीको खोजी टोली मलेसियाबाट फिर्ता आएको हो। एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएको बताइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मलेसियाबाट प्रहरीको टोली फिर्ता आएको हो। पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि राई फरार भएका थिए। त्यसपछि राई मलेसियामा रहेको प्रहरीले थाहा पाएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर नेपालले प्रहरीले टोली पठाएको थियो। उक्त टोलीले…

Read More

काठमाडौं: नेपाल प्रहरीका चिफ (प्रहरी महानिरीक्षक) आईजीपी वसन्त बहादुर कुँवरकी पत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले सुदूरपश्चिमका विभिन्न स्थानमा सहयोग गरेकी छन्। केही दिन अगाडिमात्रै कुँवरले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा विभिन्न परोपकारी काम गरेकी हुन्। उनले अस्तिमात्रै धनगढी पुगेर मायामेट्रो अस्पताल र नेपाल प्रहरी श्रीमती संघबिच एक सम्झौता गरेकी छन्। उनले मायामेट्रो हस्पिटल प्रालिका मेडिकल निर्देशक डा. मोहन साउँद लगायतका कर्मचारीसँग प्रहरी तथा प्रहरीका परिवारलाई उपचारमा छुट एवं सहुलियत दिलाउने सम्झौता गराइदिएकी हुन्। यस्तै सोही दिन नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका- ५ स्थित दृष्टिफाण्डेसनमा खाद्यान्न वितरण गरेकी थिइन् भने सुदूरपश्चिम प्रदेश प्रहरी गण…

Read More

धनगढी : कैलालीको टिकापुरमा परियोजना समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा सम्पन्न बाल संरक्षण, जीविकोपार्जन र शिक्षा कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन गोष्ठी सम्पन्न भएको हो। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल कल्याण संघ टीकापुर, सिएसएसडि, यार्ड नेपाल र दिगो विकास समाज भजनीले जिल्ला विभिन्न पालिकाहरुमा बाल संरक्षण, जीविकोपार्जन र शिक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए । गौरीगंगा नगरपालिकाको-१०, घोडाघोडी नगरपालिका-५ र टिकापुर नगरपालिका-८ मा सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा सम्पन्न भएको परियोजना अधिकृत हरिप्रसाद जोशीले बताए । समुदायमा सञ्चालन भएको कार्यक्रमले सामुदायिक लाभ, बालबालिकाको सशक्तीकरण र शैक्षिक सामग्रीको उपलब्धता सुनिश्चित गरेको उनले बताए । यस्तै कार्यक्रम संयोजक…

Read More

काठमाडौं: काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सीसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो। खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो। मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सीसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा…

Read More

काठमाडौं: काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरीले क्रिप्टोकरेन्सी कारोबारीबाट ५० लाख रूपैयाँ घुस लिएको पाइएको छ। घुस लिएर पक्राउ परेका आरोपीलाई भगाएको पनि खुलेको हो। स्रोतका अनुसार गत शुक्रबार क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एकजना पक्राउ परेका थिए। तर उनलाई डिल गरेर प्रहरीले आइतबार छाडेको पाइएको छ। बिचौलियामार्फत परिसरको मुद्दा शाखामा कार्यरत सहायक हवल्दार गणेश खड्कासम्म ५० लाख पुगेको र पक्राउ परेका व्यक्ति छुटेको स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट ती छाडिएका मान्छे क्यानडा भागेका छन् भने हवल्दार खड्कालाई थुनामा राखेर आन्तरिक अनुसन्धान थालिएको छ।  पक्राउ परेका आचार्य थरका आफन्तले ५० लाख रूपैयाँ तिरेको गुनासो गरेपछि परिसर प्रहरीले आन्तरिक छानबिन गरिरहेको हो। पक्राउ परेका आरोपीका…

Read More