काठमाडौं: काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ। आज (बिहीबार) दिउँसो विभागसहित सशस्त्रको टोलीले क्यासिनोमा छापा हानेको हो। छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै विभागले क्यासिनो नै सिल गरेको छ। स्रोतका अनुसार सो क्यासिनोबाट १ करोड बढी बरामद गरिएको छ। यस्तै सो क्यासिनोका अध्यक्ष विनय साह र लेखाका क्याबिन पनि सिल गरिएका छन्। साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन्। साहको समूहले होटल हायातमा पनि क्यासिनो चलाउने गरेको बताइन्छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आव २०८०/०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो । बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।
धनगढी : कैलालीमा मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। आज (बिहीबार) धनगढीको ट्रायल सेन्टरबाट मामाको नाममा ट्रायल परीक्षा दिने भान्जा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ७ का आशिष कठायत रहेका छन्। उनी आफ्ना मामा पदम कडायतको ट्रायल दिन परिक्षास्थलमा पुगेका थिए। मोटरसाईकलको ट्रायल भइरहेको बेला ट्राफिक प्रहरीले चेक गर्दा उनी पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको जनाइएको छ।
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको बताइन् । उनले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेकी मन्त्री चौधरीको सचिवालयले जनाएको छ । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सहयोगका लागि आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा…
धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन्। सरोजलाई २१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौं – काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मृत अवस्थामा फेला महिला पुरुष दुवै विवाहित भएको खुलेको छ । विवाहित भएपनि उनीहरु श्रीमान–श्रीमती नभएको खुलेको छ । यसअघि उनीहरु श्रीमान श्रीमती भएको आशंका गरिएको थियो । उनीहरु दुवै भक्तपुरमा बस्दै आएको खुलेको छ । आज दक्षिणकालीमा धादिङ सिद्धलेख गाँउपालिका–५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चागुनारायण नगरपालिका–५ की ३२ वर्षीया सरिता राई मृत अवस्थामा फेला परेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिपक थापाले अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको टोली परिचालन गरिएको बताए । एआईजी थापाका अनुसार मृतक महिलाको श्रीमान…
काठमाडौं : नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् । उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।
धनगढी : गेटा अस्पतालमा कैलालीमा कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको छ । उक्त कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो । गेटाले कर्मचारी भर्नाको लागि दरखास्त आहवान गरेको थियो । अस्पतालले करार सेवाका लागि स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडीयोग्राफी सहायक र फार्मेसी सहायकको आवेदन माग गरेको थियो । ३० बैशाखमा भएको लिखित परीक्षामा उत्तीर्ण स्टाफ नर्स पदको लागि तोकिएकै समयमा अन्तर्वार्ता भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता भने रोकिएको थियो । लिखित परीक्षामा उत्तीर्णलाई अस्पतालले २९ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ
काठमाडौं : बाल यौन दुर्व्यवहारको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले समातेको हो । उनलाई छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’ हाल शिवाकोटी प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा रहेको उनले जानकारी दिए । ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’, उनले भने । शिवाकोटीमाथि आफ्नो घरमा काम…
धनगढी : तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटकचीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेका छन् । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए । आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ ।