धनगढी : तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ ।
कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटकचीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै पुगेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेका छन् ।
टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए ।
आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ ।
Facebook Comments Box