धनगढी : गेटा अस्पतालमा कैलालीमा कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको छ ।
उक्त कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो । गेटाले कर्मचारी भर्नाको लागि दरखास्त आहवान गरेको थियो ।
अस्पतालले करार सेवाका लागि स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडीयोग्राफी सहायक र फार्मेसी सहायकको आवेदन माग गरेको थियो ।
३० बैशाखमा भएको लिखित परीक्षामा उत्तीर्ण स्टाफ नर्स पदको लागि तोकिएकै समयमा अन्तर्वार्ता भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता भने रोकिएको थियो ।
लिखित परीक्षामा उत्तीर्णलाई अस्पतालले २९ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ
Facebook Comments Box