Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनसहित अवकाश पाउने भएका छन् । मंगलबार राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १८ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानेले नै यससम्बन्धी प्रक्रिया अघि बढाएका छन् । गृह मन्त्रालयका एक अधिकारीका अनुसार यसका लागि कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ । मन्त्री लामिछानेले पेन्सन अवधिलाई १६ वर्षमा झारिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो…

Read More

काठमाडौं : सरकारले नेपाल प्रहरी अन्तर्गतका सबै चौकीमा महिला सहायता कक्ष स्थापना गर्ने भएको छ । बलात्कार तथा घरेलु हिंसाका घटनामा न्यायिक निरुपणको व्यवस्थापनलाई छरितो बनाउन सबै प्रहरी युनिटमा सरकारले महिला सहायता कक्ष स्थापना गर्न लागेको हो । हाल मुलुकभर साढे २ हजार प्रहरी युनिट छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भने, ‘बलात्कार तथा घरेलु हिंसा लगायत सबै प्रकारका हिंसा, विभेद र शोषणसम्बन्धी मुद्दामा सरल, सुलभ र छिटो न्यायिक निरूपण हुने व्यवस्था मिलाइनेछ ।’ बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन, बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यवसन, छाउपडी, दाइजो तथा तिलकजस्ता सामाजिक…

Read More

धनगढी : काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालि-१८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भएको भन्दै दाबी गरेका छन् । काठमाडौं महानगरपालिका-३३ का प्रद्युम्न पाण्डेयको वारिसले कैलालीको धनगढी उपमहानगरपालिका-५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारेसले दिलिप सापकोटाले वडा नं.१८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भन्दै प्रमाणसहित भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा निवेदन पेस गरेका छन् । स्व.गुरु पुरोहित पण्डित जनकराज पाण्डेयले १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको जग्गा २०२१ सालमा नाप नक्सा हुँदा छुट्न गएकोले सो जग्गा आफ्नो नाममा दर्ता गरिदिन मालपोत कार्यालय धनगढीमा निवेदन दिएका हुन् । उनीहरूले धनगढी उपमहानगरपालिका वडा नं. १८ को सिट नं. ०२७र१०९६ को…

Read More

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टले विशेष अदालतबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरे पनि अदालतले दाबी नपुग्ने फैसला गर्दै सफाइ हुने ठहर गरेको छ । कोरोना महामारीको बेला महाकाली नदीको नदीजन्य पदार्थ संकलन नभएको अवस्थामा रोयल्टी छुट दिएको अवस्थामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ गरी ३ मुद्दा दायर गरेकोमा सबै मुद्दामा सफाइ हुने फैसला भएको छ । विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ । PolicyProgram-2081-082Download

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनुवाइपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीशद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

Read More

काठमाडौं : सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । उनले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बताए। राष्ट्रपति पौडेलले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताए । त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रबन्ध गरिने पनि उनले बताए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार…

Read More

धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालका नयाँ डीआइजी आएका छन्। हालै सरुवा भएका नयाँ डीआइजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन्। उनी दरबन्दी एवं आज (मंगलबार) सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको बताइएको छ। उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छन्। यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई पनि गरिएको छ। आजमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआइजी, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए। नयाँ डीआइजी अधिकारीले भने भोलि कार्यभार सम्हाल्ने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका…

Read More

काठमाडौं : सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सक्षम बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछुत, लागूपदार्थ दुर्व्यसनी, दाइजो, छाउपडी, तिलक जस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताए । बोक्सी, दाइजो प्रथालगायत कुरीति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले महिलाहरूमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता…

Read More

धनगढी : अछाममा साईबर अपराधमा संलग्न एक किशोर पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट जथाभावी अश्लिल शब्द प्रयोग गरि गाली गर्ने, जिस्क्याउने लगाएत कार्य गर्ने १८ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । सोमवार पक्राउ गरिएको ती किशोर माथी ४ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी राजेन्द्र साउदले बताए ।

Read More