Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो। अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन्। सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो। नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।…

Read More

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ८७ हजार ८४५ मूल्यको अवैध सामान फेला परेको हो । बुधवार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका-१ मेन्था चोकस्थित भित्रि सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६७ हजार २९५ मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ । उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, चक्लेट, धनियाँ, दाल, नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ वनगाउँ…

Read More

धनगढी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ वर्षीया रेश्माकुमारी धामी मृत फेला परेकी हुन्। आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। उनी जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत थिइन्। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो । प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका उनीहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

Read More

धनगढीः कैलालीको धनगढीका ३ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी : भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा एक नेपाली युवक मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक मृत फेला परेका हुन् । आफन्तका अनुसार उनी अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए । खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो(बुधबार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ । परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।विकको परिवार १५ वर्षदेखि पन्जाबमा बस्दै आएका थिए ।

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा यही बैसाख २९ गते विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगढी कैलालीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । एक दिने स्वास्थ्य शिविरमा फिजिसियन जनरल मेडिसीन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, मानशिक रोग, जनरल सर्जरी तथा मुत्र रोग विशेषज्ञ चिकित्सक आउने नगरपालिकाले जनाएको छ । आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको नगरप्रमुख भरत बडायर जोशीले बताए । उक्त निःशुल्क स्वास्थ्य शिविरमा मुटु, प्रेसर,…

Read More

काठमाडौँ : कांग्रेस संसदीय दलको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।   पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं  संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको हो । गुरुङको बैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदैछ ।   शुक्रबारदेखि सुरु हुने संसद बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले  बिहीबार दिउँसो २ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हालमा बैठक बोलाएको थियो । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार  अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार विहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ ।

Read More