Author: महेन्द्रनगर पोष्ट

काठ्माडौं : ​कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र…

Read More

धनगढीः चालकलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिने सहमतिपछि अबरुद्ध भीमदत्त राजमार्ग खुलेको छ। मंगलबार बिहान ८ बजेदेखि बन्द भीमदत्त राजमार्ग यस्तो सहमतिपछि खुलेको हो। फरार भएका बसका चालक र समितिका व्यक्तिहरू सम्पर्कमा आएर छलफल सुरु भएपछि बाटो खुलाउने काम भएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। तर सहमतिअनुसार काम नभए फेरि बाटो अबरुद्ध गरे विरोध गर्ने पीडित पक्षको चेतावनी छ। दोषीलाई कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारिएको थियो। ती माग पुरा गर्ने विषयमा सहमति भइसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। सोमवार गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–०११ प…

Read More

धनगढी: सुदूरपश्चिम सरकारको विवाद पूर्ण इजलासमा पेस हुने भएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल विवाद निहित रहेकाले पूर्ण इजलासबाट टुंगो लगाउनु उचित हुने भन्दै सुनुवाइका लागि अर्को दिन पेसी चढाउन आदेश गरेको हो। यो आदेशसँगै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियालगायतविरुद्ध दायर गरेको रिटको निर्णय अब तीन न्यायाधीशको इजलासबाट हुनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गर्दै दायर गरिएको यस रिटमा सर्वोच्च अदालतले वैशाख १० गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले पूर्ण सुनुवाइपछि मात्र यस रिटको टुंगो लाग्ने गरी अन्तरिम आदेश दिन…

Read More

काठमाडौं : सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले आचार्य आयोगको सिफारिसलाई अध्ययन गरेर थप कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुुसार, रिजाल नेतृत्वको समितिलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गरेको भन्दा फरक सिफारिस गर्ने क्षेत्राधिकार थिएन । ‘आयोगको प्रतिवेदनलाई अध्ययन गरेर त्यसको जिस्ट निकालेर कानुनी दफा उल्लेख गर्दै थप कारबाहीका लागि बुँदागत रुपमा लेख्नुभएको छ’, भट्टराईले भने, ‘त्यसअनुसार, सम्बन्धित विभागमार्फत आयोगले कारबाही सिफारिस गरेकाहरुमाथि कारबाही हुन्छ ।’ आयोगले सुन…

Read More

काठमाडौं: कञ्चनपुरमा नेपाली काँग्रेसभित्र गुटबन्दी पुरानै हो। सो गुटबन्दीकै कारण केही नेताहरु राजनीतिक रुपमा सहिदसमेत भएको बताइन्छ। हालसम्म आइपुग्दा त्यहाँ काँग्रेसभित्र २ गुट छन्। एक गुट प्रतिनिधि सभा सदस्य एवं नेता रमेश लेखकले चलाउछ्न् भने अर्को गुट प्रतिनिधि सभा सदस्य एवं नेता एनपी साउदले। उनीहरू दुबैजना पूर्वमन्त्रीसमेत हुन्। निर्वाचनका समयमा उनीहरू दुबैले एक अर्कालाई हराउन लाग्नेदेखि राजनैनिक दुश्मनी नै लिने गरेको बताइन्थ्यो। अहिले पनि नेता लेखकले जिल्लामा आफ्नो पकड बलियो बनाउदै लैजाने रणनीति अपनाएका छन्। सोही अनुरुप उनले जिल्ला केन्द्रित गतिविधि बढाइरहेका बेला एनपी भने जिल्लामा खासै नदेखिएको बुझिएको छ। यस अगाडि सरकारमा परराष्ट्र मन्त्री हुँदा पनि उनले खासै काम…

Read More

धनगढीः धनगढीमा खसी चोरी गर्ने र किन्ने दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१८ का रामबहादुरको घरबाट २ र सोही ठाउँका सुशील दमाईको घरबाट एउटा खसी चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरी गर्ने १८ वर्षीय संकेत घिमिरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको हो।

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।  मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले भनिन्, ‘संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन भन्ने छलफल भयो ।’  मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन्…

Read More

धनगढी: धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको निधन भएको छ। ६८ दिनदेखि मायामेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत ७० वर्षीया पन्तको सोमवार निधन भएको हो। फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरिएको थियो। र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर घाईते भएकी थिइन्। सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो।

Read More

कञ्चनपुर: कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो। सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए। अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो। त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

Read More

अछाम : चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो। सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ। सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।

Read More