Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : हिजो इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको प्रमाणित भएको छ । अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको हो । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ । उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ । हिजोको हेलिकप्टर दुर्घटना पछि घण्टौं खोजी कार्य भएको थियो । इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् ।

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका नयाँ प्रमुख प्रहरी निरीक्षक गंगा बहादुर सारु कार्यालयमा हाजिर भएका छन् ।यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीबाट सरुवा भइ आएका सारु सोमबारदेखि कार्यालयमा हाजिर भएका हुन ।

Read More

काठमाडौं : नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा रहेको पाइएको छ । क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको पाइएको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको सैनिक स्रोत बताउँछ । जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको हो ।

Read More

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ । संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान सवा १० बजेदेखि जारी छ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएको छ ।…

Read More

काठमाडौँ : भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् । यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन् । यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं…

Read More

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सत्ता घटक जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार विश्वासको मत लिनुपरेको हो ।

Read More

काठमाडौं :  सरकारले ट्रेजरी बिल बोलकबोलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। ७ जेठ सोमबार १८२ दिन अवधिको ट्रजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो। सोमबार नै ३२ अर्ब ७३ करोड ३२ लाखको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भनाइ छ। यससँगै सोमबारदेखि २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ७ अर्ब २३ करोड ३२ लाख, १८४ दिन अवधिको ८ अर्ब र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने छ। उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक…

Read More

काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ। जेठ ६ गते आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्यमार्फत  नेपाली कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनित विभागीय सदस्यहरूलाई  बैठकका लागि  अनिवार्य उपस्थिति हुन भनिएको छ।  विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनित विभागीय सदस्य सहभागी रहने बैठक अर्को शुक्रबार  जेठ १८ गते दिन बस्ने र विभागका विभिन्न कार्यक्रमसमेत तय गर्ने छ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षको लागि प्रभावकारी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा समितिका सदस्यहरूले मुख्यमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् । प्रमुख सचिव तथा अर्थ सचिवसहितको उपस्थितिमा सदस्यहरूले पूर्व योजना तर्जुमा नगरी बजेट निर्माण प्रक्रिया अगाडि बढाएको प्रति गुनासो गरेका थिए । उनीहरुले गत वर्षको बजेटको समीक्षा र छलफल नभएको भन्दै यस पटक विगतको जस्तो कमजोर बजेट नल्याउन मुख्यमन्त्री सोडारीलाई सुझाव दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३४ प्रतिशत मात्रै प्रगति भएको छ र कुल बजेटको ४३ प्रतिशत बजेट ओगटेको उक्त…

Read More

काठमाडौँ : संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त  ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्न सक्ने व्यवस्था…

Read More