काठमाडौं : सरकारले ट्रेजरी बिल बोलकबोलमार्फत ५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। ७ जेठ सोमबार १८२ दिन अवधिको ट्रजेरी बिल बोलकबोल हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो।
सोमबार नै ३२ अर्ब ७३ करोड ३२ लाखको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भनाइ छ।
यससँगै सोमबारदेखि २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ७ अर्ब २३ करोड ३२ लाख, १८४ दिन अवधिको ८ अर्ब र ३६४ दिन अवधिको ७ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने छ।
उक्त ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
Facebook Comments Box