Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीस्थित सशस्त्रको शिक्षालयको वार्षिकोत्सब मनाइएको छ। कैलालीको बनवेहडामा अवस्थित बडिमालिका जवान तालिम शिक्षालयको २३ औं वार्षिकोत्सब मनाइएको हो। शिक्षालयका एसपी डम्बर बिष्टका अनुसार सशस्त्र प्रहरी बल नेपालका प्रमुख आइजीपी राजु अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सब मनाइएको थियो। जसक्रममा अर्यालले मातहत कर्मचारीलाई सीमा सुरक्षा लगायतका विषयमा आवश्यक निर्देशनसमेत दिएका थिए। यस्तै उनले सुदूरपश्चिमका प्रहरी कर्मचारीलाई आफ्नो प्रदेशबाहिरको जानकारी पनि राख्ने हेतुले पठाइएको स्थानमा जान सुझाए। यस्तै कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई पुरस्कृत पनि गरिएको थियो भने शिक्षालयलाई सहयोग गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो। उक्त शिक्षालयले सशस्त्र प्रहरी जवान पदमा नव प्रवेशी जवानहरुलाई आधारभुत तालिम प्रदान गर्नुको साथै जुनियर अधिकृत…

Read More

धनगढी: सुदूरपश्चिमको भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सुदूरपश्चिमका पहाडी र तराईका जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। सुरक्षा स्रोतका अनुसार बुडर र फल्टुडेको बीचमा सडक अवरुद्ध भएको हो। त्यहाँ अहिले सवारीसाधन रोकिएको बताइएको छ। जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो। अहिले सो राजमार्ग खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नापी विभागका एक उपसचिव ले विभागमा आतंक मच्चाएका छन्। आतंक मच्चाउने शक्तिशाली विभागका उपसचिव हुन् दामोदर ढकाल। उनले आफ्नो भनेअनुसार नचल्ले कर्मचारीहरुलाइ कार्यालयभित्र पेलेर राख्ने गरी आतंक मच्चाएको पाइएको हो। सो विषयमा भित्रकै कर्मचारीले गुनासो गर्ने गरेका छन्। स्रोतका अनुसार उनले विगत लामो समयदेखि विभागमा बसेर अनेकन असुली धन्दा र गडबडी गरेका हुन्। प्रकाश जोशी डिजी रहेको उक्त विभागमा उनै ढकालको हैकम चल्ने गरेको र डीजीलाई समेत उनैले आफू अनुकूल राखेको बताइन्छ। यतिमात्र होइन, ती उपसचिव ढकाल करिव ६ वर्षदेखि विभागमै अड्डा जमाएर बसेका छन्। लामोसमय विभागमा बसेका उनले कार्यालयसहित अन्य सरुवा बढुवामा चलखेल गर्ने गरेका छन्। चलखेलका क्रममा…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन्। उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन्। उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा ऐरको मृत्यु भएको हो। बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएकाे छ। 

Read More

काठमाडौं: नेपाल प्रहरीका केही एसपीको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ४ एसपीको काज गरेको हो। जसमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ। यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो। यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।

Read More

काठमाडौं : गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो…

Read More

धनगढी: गृह मन्त्रालयका सचिवसहित नेपाल प्रहरीका आइजीपी वसन्त बहादुर कुँवर र नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापाको टोली सुदूरपश्चिम आउने भएको छ। आज बेलुका सो टोली सुदूरपश्चिमको धनगढी पुग्ने बताइएको छ। सुदूरपश्चिमका जिल्लाको भ्रमण तथा अनुगमनका लागि टोली आउन लागेको बताइन्छ। सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै सुदूरपश्चिम पुगेका थिए। आइजीपी अर्याल हिजो धनगढी बसेकोमा आज उनले कञ्चनपुरको झलारीस्थित एपीएफ स्कुलको उद्घाटन गर्ने कार्यक्रम छ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटसाइकल चालक घाइते भएका छन । उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर घाइते भएका हुन् । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । बसलाइ प्रहरीको नियन्त्रणमा लिएको छ ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन १४ जना फरार दोषी पक्राउ परेका छन्। कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका–७ की ४२ वर्षीया सुस्मादेवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका–४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका–४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरीवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय रामभजन राना पक्राउ परेका हुन्। यस्तै गाली बेईज्जत मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका–६ का ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा गोदावरी नगरपालिका–९ का ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा टीकापुर नगरपालिका–१ का ५२ वर्षीय तपेन्द्रबहादुर शाह पक्राउ परेका छन्। जिल्ला अदालत…

Read More

धनगढीः कैलालीको धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। आफ्नै घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेर धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको मृत्यु भएको हो। रुखबाट लडेर गम्भिर घाईते भएकि बोहरालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

Read More