Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल विद्युत प्राधिरकण धनगढी वितरण केन्द्रले ६० दिनसम्म पनि विद्युतको बक्यौता नबुझाएका ग्राहाकहरुको विद्युत लाइन काट्ने भएको छ। कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ। प्राधिकरणकाअनुसार १० हजार भन्दा बढि बक्यौता बाँकी भएका ग्राहाकहरुको लाइन काटिनेछ भने बक्यौता नबुझाउँदासम्म जोडिने छैन। गत वर्ष प्राधिकरणले ६० दिनसम्म पनि बाँकी बक्यौता नबुझाएका तीन हजार ग्राहाकको लाइन काटेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा हायस दुर्घटना भएको छ। जिल्लाको गुलरियामा इलेक्ट्रिकल हाइस दुर्घटना भएको हो। मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए।

Read More

काठमाडौं: सुदूरपश्चिम घर भएको चन्द दम्पती डीआईजी पदमा पुगेका छन्। नेपाल प्रहरीकी डीआईजी दुर्गा सिंह चन्दका पति गणेश चन्दको एसएसपीबाट बढुवा भएपछि पति-पत्नी नै डीआईजी बनेका हुन्। उसो त नेपाल प्रहरीमा कार्यरत श्रीमान्/ श्रीमती धेरै नै छन्। तर, एउटै संगठनमा काम गरेर उपल्लो तहमा पुग्ने प्रहरी अधिकारी विरलै छन्। यहीँ अपवादको जोडी बनेको छ– दुर्गासिंह चन्द र गणेश चन्द। त्यसो त, श्रीमान् गणेश चन्दभन्दा सिनियर हुन्, दुर्गा सिंह चन्द। २०५१ चैतमा प्रहरी निरीक्षकमा एकै साथ सेवा शुरु गरेका दुर्गा डीएसपी बढुवादेखि श्रीमानलाई पछि पार्दै सिनियर बनेकी थिइन्। उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो। डीएसपी बढुवादेखि श्रीमानभन्दा…

Read More

धनगढी: कैलालीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री १३ वर्षीया अमृता विकको मृत्यु भएको हो। गौरीगंगा नगरपालिका–९ रजिया बस्ने विक मंगलबार बिहान बसको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका–१ बित्थड खोलाबाट ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई पक्राउ गरिएको हो।  उनीहरुको साथबाट एक थान भरूवा बन्दुक बरामद गरिएको बझाङ प्रहरीले जनाएको छ। प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

Read More

धनगढी: नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले सानदान सुरुआत गरेको छ। विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै सुदूरपश्चिमले सुखद सुरुआत गरेको हो। सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो। विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५,क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए।  सुदूरपश्चिमका अविनाश बोहोरा र स्कटले तीन–तीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक–एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो। सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए। हिजो पक्राउ परेका दुई जना भारतीय हुन्। आज पक्राउ पर्नेमा सुमन्त यादव, भारत विहारका बृजेश कुमार छन्। यस्तै सुमित घोष र यादव थरी अर्का जना हिजो समातिएका थिए। एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ।

Read More

काठमाडौं: ठेक्का सम्झौता गरेका तर निर्धारित समयमा काम सम्पन्न नगरेका डेढ दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेका त्यस्ता कम्पनीहरुमा नवदुर्गा बिल्डर्स, सपना–सैलुङ्ग जेभी, एमएस तेहनिम मल्टीप्रपोज कम्पनी, केआर कन्स्ट्रक्सन, खड्गदेवी कन्स्ट्रक्सन, तप्त निर्माण सेवा, हार्दिक कन्स्ट्रक्सन, पूर्ण निर्माण सेवा, जिसान ट्रेडर्स एण्ड अर्डर सप्लायर्स छन्। त्यस्तै, रिना ट्रेडर्स एण्ड जनरल सप्लायर्स, सविना जनरल एण्ड अर्डर सप्लायर्स, यास के शाही कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, टाभलर्स क्रियु कन्स्ट्रक्सन, एस के निर्माण सेवा, युनिक निर्माण सेवा, युनिभर्सल ट्रेड एण्ड टेक्नोलोजी प्रालि, आईए कन्स्ट्रक्सन, जिसि…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयका एकजना उपप्राध्यापक पक्राउ परेका छन्। श्रीमती कुटपिटको आरोपमा विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार गोबरैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको आरोपमा माइती पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्ति शनिबारमात्रै मर्निङ ग्लोरी स्कुलका सञ्चालकसमेत रहेका उनले आफ्नी श्रीमतीलाई कुटेका थिए। घरायसी विवादका क्रममा मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि परेको थियो। उनको कुटपिटबाट उनकी श्रीमती घाइतेको भएर धनगढीमा उपचार गरिएको थियो। उनले आफ्नी श्रीमतीको टाउकोमा हानेका थिए।सोही प्रकरणमा उनी समातिएका हुन्। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले…

Read More

अछाम: नेपाल सरकारको प्राथमिक  योजना हो, सेती लोकमार्ग। सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको थियो। सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ। भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ। नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ। लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर,  बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित दुई सय चार किमी सडक खण्ड पर्दछ।…

Read More