कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो। आइतवार गहुँबारीबाट सुरक्षित रुपमा उद्धार गरी ल्याएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो। बाघ स्वस्थ्य रहेको पाइएपछि निकुञ्ज क्षेत्रमा छाडिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालयलगायत सुरक्षा निकायसँगको छलफलपश्चात् बाघलाई निकुञ्ज क्षेत्रमै छाड्ने निर्णय गरिएको प्रमुख ठाकुरले बताए।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। बोहरा सोही जीपका धनी हुन्। आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए। घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ। जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय बिराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकीस्थित भीमदत्त नगरपालिका–११ मा लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई हेरोइन बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय करन पन्त र २६ वर्षीय अमित पन्त रहेका छन्। करन पन्त भारतको उत्तराखण्ड राज्यको उधमसिंहनगरका बासिन्दा हुन् भने अमित पन्त कञ्चनपुरको भीमदत्त नगरपालिका–५, सुखासालका स्थानीय हुन्। प्रहरी टोलीले विशेष सूचनाका आधारमा सेतो रङको युके ०६ डीबी ८३८९ नम्बरको टीभीएस १२५ सीसी मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गड्डाचौकीमा रोकी जाँच गर्दा मोटरसाइकलको साइड प्यानलभित्र खुकुरीको डिब्बामा सेतो प्लास्टिकमा बेरिएको अवस्थामा १.७९…
धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं: कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाट गरेको आरोपमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ। हिजो छ र आज तीन जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुको साथबाट लुटपाट गरिएको सामानसमेत बरामद गरिएको एसपी अंगुर जिसीले जानकारी दिए। आज पक्राउ परेकामा धनुषाका आशिष सिंह, सर्लाही घर भएका प्रेमकुमार महतो र भारतीय राज्य बिहारका रविरञ्जन कुमार हुन्। हिजो नुवाकोटका सुशिला कुमाल, धरानकी एलिसा राई, सिन्धुपाल्चोककी निर्मला कार्की, बालकुमारी कार्की, चित्रमाया बस्नेत र सुशिला बराल पक्राउ परेका थिए। उनीहरुको साथबाट मदिराका बोटल (ब्ल्याक लेबल, ज्याक डेनियल्स, यर्सागुम्बा, बियर), कपडा (हाफ पाइन्ट, ट्राउजर), अण्डाको क्यारेट, फलफूल र कस्मेटिकका सामान (लिपिस्टिक, ऐना, गाजल)…
डडेल्धुराः डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। आइतवार अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको हो। जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौं: प्रहरीले काठमाडौंको तीनकुनेमा भएको राजावादी हिंसात्मक आन्दोलनको घटनामा पक्राउ परेका ४१ जनामाथि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो। चैत १५ गते राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने कैयौ घाइते भएका थिए। सोही घटनामा पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले बताए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीका एक र बझाङका १ सहित ४१ जनाविरूद्ध दुइटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाइने भएको छ।…
धनगढी: नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका लक्ष्मण किशोर चौधरीले विवादित अडियो प्रकरणपछि राजीनामा दिएका छन्। आर्थिक चलखेलको सङ्केत देखिने अडियो सार्वजनिक भएपछि पार्टीले घटनाप्रति चासो देखाएको छ। उसो त पार्टी नै सो प्रकरणमा जोडिएको छ। तथापि हाललाई तत्कालीन मन्त्री चौधरीले राजीनामा दिएका छन्। उनले दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आफू अनुकूल बनाएर ठूलो आर्थिक लाभ लिने उद्देश्यले काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो। अडियोमा आर्थिक चलखेलको संकेत देखिएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। निर्देशनपछि चौधरीले शनिबार राजीनामा दिएका हुन्। यद्यपि…
धनगढी: कञ्चनपुरमा गरगहना चोरी गरेर खरिदबिक्री गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंगलबार भिमदत्त नगरपालिका–७ हल्दुखाल निवासी केशबसिंह महराको घरबाट सुनका विभिन्न गरगहना चोरी गर्ने चार जना र ती गहना खरिद गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार, चोरीमा संलग्न भिमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय राहुल चन्द, २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र सुनार र १८ वर्षीय महेन्द्र नायकलाई पक्राउ गरिएको हो। गरगहना खरिद गर्ने पसल सञ्चालक पनि पक्राउचोरी भएका गहना खरिद गर्ने निङ्लासैनी सुनचाँदी पसलका सञ्चालक भिमदत्त नगरपालिका–४ निवासी ३५ वर्षीय…
काठमाडौं: नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजीपी) मा दिपक थापा मंगलबारमात्रै निवास सर्ने भएका छन्। सरकारले चैत ४ गतेदेखि थापालाई प्रहरीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो। उनै थापाले मंगलबार शुभ साइत पारेर सरकारी निवासमा सर्ने तयारी गरेका छन्। बालुवाटारमा सोमबार बसेको क्याबिनेट बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उत्कृष्ट प्रदर्शन र वरियताका आधारमा थापालाई ७६ हजार प्रहरी फौजको नेतृत्व दिने निर्णय गरेको थियो। भक्तपुर निवासी थापा केही वर्षदेखि ललितपुरको भैंसेपाटीस्थित निजी निवासमा बस्दै आएका छन्। नयाँ आइजीपी थापाले एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै नेतृत्व हात पारेका हुन्। थापा सबैसँग मिलनसार र निडर व्यक्तित्वका रूपमा चिनिन्छन्। नक्सालस्थित प्रहरी प्रधान…