Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका ४५५ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाल लगायतका व्यक्तिहरु रहेका छन्। यी हुन् हवल्दारहरु

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार नालायक भएको आरोप लागेको छ। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री ओम विक्रम भाट सरलले सो आरोप लगाएका हुन्। सरलले नेपाली काङ्ग्रेसका कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारलाई नालायक करार गर्दै प्रदेश सभालाई बन्धक बनाएको पनि बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम सरकारले बिजनेस नदिएर प्रदेश सभा बन्धक बनाइएको जनाए।

Read More

धनगढी: कञ्चनपुरमा ८ वटा ट्याक्टरसहित ८ जना पक्राउ परेका छन्। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो।  ट्याक्टर चालक मानबहाखुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकखेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।  ‘प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका– ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गरेका ८ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो,’ डीएसपी जोशीले भने, ‘आवश्यक कारबाहीको लागि बेदकोट नगरपालिकाको कार्यालयमा बुझाइएको छ।’

Read More

काठमाडौं: सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका एक कसुरदारको पेन्सनपट्टा नरोक्न सर्वोच्चले नै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले बहुचर्चित सुडान घोटाला प्रकरणका कसुरदारमध्येका एक ओमविक्रम राणाको पेन्सन नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई पेन्सन नदिनु भनी निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको पत्रपछि राणाको पेन्सन रोकिएको थियो। पेन्सन रोकिएको विरोधमा राणाले १७ साउन, २०८१ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। रिट निवेदन दर्ता भएको करिब चार महिनापछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतको अन्तरिम आदेशले भ्रष्टाचारको कसुरमा दोषी ठहर भएका…

Read More

धनगढी: सुदूरपश्चिममा उपनिर्वाचन सम्पन्न भएको छ। जम्मा ५ स्थानमा चुनाव भएकोमा ४ स्थानमा नेपाली काङ्ग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन्। यस्तै त्यहाँ चुनाव लडेका १३ जना उम्मेदवारको भने जमानत जफत भएको छ। पाँच स्थानमा उपनिर्वाचन भएकोमा २६ जना उम्मेदवार रहेका थिए। नेकपा माओवादी केन्द्रले चार स्थानमा उम्मेदवार खडा गरेकोमा तीन जनाको जमानत जफत भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन सकेनन्। डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षकी उम्मेदवार बनेकी रास्वपाकी जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै ल्याउन सकिन्। उनको जमानत जफत भएको छ। पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६…

Read More

काठमाडौं: नेपाल प्रहरीका एसएसपी माधव श्रेष्ठको काज सरुवा गरिएको छ। आज सोमबार श्रेष्ठको काज सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले एसएसपी श्रेष्ठको काज सरुवा बुटवल तालिम केन्द्रमा भएको जानकारी दिए। उनका अनुसार तालिम केन्द्रका तत्कालीन प्रमुख हिमालय श्रेष्ठको बढुवा भएपछि उनको काज भएको हो। डीआईजीमा बढुवा भएका हिमालयलाई आजमात्रै फूली लगाइएको थियो। उनको पदस्थापन भने हुन बाँकी छ। उनको बढुवापछि भैरहवा विमानस्थलबाट माधवलाई त्यहाँ पठाइएको हो।

Read More

काठमाडौं: नेपाल प्रहरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित रङ्गेहात पक्राउ परेका छन्। आज (सोमबार) कार्यालय प्रमुख सई लालित कुमार बुढाथोकीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले बिहान नियन्त्रणमा लिएको प्रवक्ता झलक केसीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार सई बुढाथोकीले जिल्लामा यातायात व्यवसायीबाट सहजीकरण गर्ने भन्दै २५ हजार घुस रकम बुझेका थिए। उनलाई सूचनाको आधारमा अख्तियार टोलीले घुससहित समातेको हो। अहिले सो विषयमा थप अनुसन्धान भैरहेको अख्तियार नेपालगन्जका प्रवक्ता केसीले बताए।

Read More

काठमाडौं: नेपाल प्रहरीमा एसएसपीबाट डीआइजी पदमा पदोन्नति भएका ८ जना डीआइजीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्दै निर्देशन दिइएको छ। नेपाल सरकारको गृहमन्त्रीस्तरको मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जनालाई प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको हो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन…

Read More

धनगढी: सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनमा चारमा नेपाली काँग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन्। काँग्रेसले चार वटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको छ। उपनिर्वाचन भएका पाँचमध्ये तीन पद (एक उपाध्यक्ष र दुई वडा अध्यक्ष) मा ०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको थियो। यस्तै नेकपा एमाले र माओवादी केन्द्रले भने एउटा÷एउटा वडा अध्यक्ष जितेका थिए। बझाङको सुर्मा गाउँपालिका– ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। ०७९ सालको स्थानीय निर्वाचनमा एमाले उम्मेदवार सर्जन बोहरा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। ०८० जेठमा वडाध्यक्ष बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुँदा त्यहाँ नेपाली काँग्रेसका धिरेन्द्र…

Read More

धनगढी: बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन्। यस अघि एमालेले जितेको वडामा कांग्रेसले बाजी मारेको हो। पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका थिए। नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत मात्रै पाए। १ हजार ५ सय ५४ मतदाता रहेको यो वडामा एक हजार १ सय ७८ मत खसेको थियो। वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो। यसअघि बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए।

Read More