Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकाश पाउँदै छन्। सिग्देलले नेपाल र विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट उनले ग्रयाजुएट गरेका छन्।  उनले नेपालको आर्मी वार कलेजबाट ‘हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स’ र भारतबाट ‘डिफेन्स म्यानेजमेन्ट कोर्स’ पूरा गरेका छन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यशाला र व्यावसायिक सेमिनारहरूमा पनि भाग लिएका…

Read More

काठमाडौं: अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा मारिएकी नेपाली युवती मुना पाण्डेलाई उनको बेडमा नै गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मृत अवस्थामा सोमबार बिहान फेला परेकी पाण्डेलाई हत्यारा उनको कोठाभित्रै पसेर गोली हानेका धेरै प्रमाणले पुष्टि गरेको बताइएको छ। वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको उनको अपार्टमेण्टभित्र मुनाले राखेको पर्सनल सर्भिलेन्स क्यामेराका भिडियो फुटेजका आधारमा प्रहरीले उक्त दाबी गरेको त्यहाँको नेपाली समुदायले जनाएको छ। उनको शरीरमा तीन वटा गोली प्रहार गरिएको पाइएको छ। अमेरिकी युवकसँग प्रेम सम्बन्धमा रहेकी मुनाको कोठाभित्र पुरूषले प्रयोग गर्ने फिटनेसका सामानसमेत भेटिएको छ। यसबाट उनी कुनै पुरुषसँग लिभिङ टुगेदरमा रहेको प्रहरीको अनुमान छ। शव गन्हाइसकेको र बेडमा…

Read More

काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा पुगेको पाइएको छ। एआईजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छानबिन सकाउन लागेको हो। सो छानबिन टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन्। तत्कालीन समयमा रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि त्यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेका थिए। यस्तै गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए। ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको…

Read More

काठमाडौं: बाँकेमा नेपाल प्रहरी र नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय नभएको पुष्टि भएको छ। समन्वय नभएका कारण गुप्तचरका कर्मचारीले कुटाई खाएकोदेखि प्रहरीले गुप्तचर जोडिएको घटनाको छानबिन गर्नु परेपछि मतभेद रहेको स्पष्ट भएको हो। केही समय अगाडि बाँकेमा गुप्तचरका एसपी (कार्यालय प्रमुख) ओम खड्का रहेको कार्यालयका एक कर्मचारी कुटिएका थिए। सो घटनामा प्रहरीले गुप्तचरकै कमजोरी देखाएको छ। प्रहरीले समन्वय नगरेको गुप्तचरमाथि आरोप लगाएको छ। उसो त, जिल्लामा गुप्तचरका कर्मचारीले आतंक मच्चाएको बताइन्छ। बाँकेको जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको बताइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको थियो। त्यहाँ पटकपटक विवाद आएपनी…

Read More

महेन्द्रनगर: उत्तराखण्डमा सीआरपीएफमा तैनाथ पाटी सिपाहीले सोमबार आफैंलाई गोली हानेका छन्। छत्तीसगढको दन्तेवाडामा हेड कन्स्टेबल विपिन चन्द्रले आफैंलाई गोली हानेका हुन्। भारतीय प्रहरीका अनुसार उत्तराखण्डको चम्पावत जिल्लाका सीआरपीएफ सिपाहीले आफैंलाई एके-४७ बाट गोली हानेका थिए। ती जवान चम्पावत जिल्लाको पाटी विकास ब्लक अन्तर्गत बिसारी गाउँका बासिन्दा थिए। प्राप्त जानकारी अनुसार, सिपाही सीआरपीएफ १९५ बटालियन मुख्यालय, बार्सूरमा तैनाथ थिए। ब्यारेकमै गएर उनले आफूलाई गोली हानेको बताइएको छ। गोलीको आवाज सुनेर अन्य सिपाहीहरू पनि ब्यारेकतर्फ दौडे र हेड हवल्दार रगतले लतपतिएका थिए। त्यसपछि ती प्रहरी जवानलाई उठाएर जिल्ला अस्पताल लगियो। उनलाई जिल्ला अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी अधिकारीका अनुसार जवान…

Read More

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेताहरुको टोली र परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा भोलि सँगै धनगढी जाने भएका छन्। सुरक्षा स्रोतका अनुसार उनीहरू भोलि बिहान ८ बजेको समयमा बुद्ध एयरको जहाजमार्फत काठमाडौंबाट धनगढी उड्ने भएका हुन्। प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी जान लागेका हुन् भने आरजु गौरा पर्वमा सहभागी हुन जान लागेकी हुन्। प्रचण्डसहित बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि सहभागी…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएको कार्यक्रमलाई बिथोलेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ।  सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा हिजो काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। प्रधानमन्त्री ओली र सभापति देउवाले संयुक्त रुपमा दमाहा बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए।  तर, कार्यक्रममा सहभागी युवाहरुको भीडले एक्कासी प्रधानमन्त्री र सभापतिविरुद्ध चर्का नाराबाजी गर्न थाले । उनीहरुले ‘केपी चोर, देश छोड’, ‘देउवा, मुर्दावाद’ लगायत नारा लगाए।  नाराबाजीबीच सम्बोधन गरेका सभापति देउवाले पनि मञ्चबाटै कार्यक्रम बिथोल्नेहरुलाई तह लगाउने बताए। उहाँले रिसाउँदै भनेका थिए, ‘अर्काको कार्यक्रम बिथोल्नेलाई लाज छैन ? बदमासहरू ! न गौरा खेल्न…

Read More

काठमाडौं: प्रहरीमा ३० वर्षे सेवा अवधि र सर्वोच्चले गरेका आदेश चर्चामा छन्। केही समययता प्रहरीका वरिष्ठ अधिकारीहरु निरन्तर सर्वोच्च अदालतको दौडधुपमा छन्। पछिल्लो एक साताको अवधिमा सर्वोच्च अदालतबाट एउटै प्रकृतिको मुद्दामा फरक आदेश आएको छ। न्यायाधीश हरि फुयाँलको इजलासले गत साता र शारङ्गा सुवेदीको इजलासले आज दिएको आदेशले पीडित पक्ष, राज्य र सर्वसाधारणलाई अलमलमा पारिदिएको छ। सबैभन्दा धेरै अलमल स्वयम् अदालत र श्रीमानहरुमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही अधिकृतले दायर गरेको ३० वर्षे सेवा अवधिसम्बन्धी मुद्दामा भएको फरक आदेशले छर्लङ्ग पारिदिएको छ। आगामी १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका २१ अधिकृतले…

Read More

काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न गत बिहीबार सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेपछि सर्वोच्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट रिटको शृंखला नै चलेको छ। यसअघि, गत आइतबार सशस्त्र प्रहरीको डीआईजीबाट अवकाशको पत्र पाएका अभिकुमार खत्रीसहित १२ जनाको तर्फबाट रिट दायर भएको थियो। त्यसमा मंगलबार नै न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार नै श्याम ज्ञवालीसहिततका प्रहरी अधिकारीहरू रिट लिएर सर्वोच्च पुगेका छन्। उनीहरूले नेपाल प्रहरी ऐन र नियमावलीले तोकेको…

Read More

काठमाडौं: जिल्ला प्रहरी परिसर ललितपुरका नायब उपरीक्षक (डिएसपी) सुधिर राई ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।  परिसरले उनीसहित ९ जनालाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले आज उनीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे।  प्रहरी सङ्गठनले दिएको जिम्मेवारी लगनशील, वफादार र कर्तव्यनिष्ठ भई पूरा गरेकोले नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको जनाइएको छ।  पुरस्कृत हुनेमा नायब निरीक्षक (असई) हिमाल पौडेल, वरिष्ठ हवल्दार खुमबहादुर घिमिरे, हवल्दार राजेश लामा र गोपाल श्रेष्ठ, सहायक हवल्दार कोषबहादुर बस्नेत, जवान तेजराज शर्मा, देवकृष्ण यादव, सन्तोष विष्ट र ताराबहादुर राउत रहेका छन्।

Read More