Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ । मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित समितिले आचार्य आयोगको सिफारिसलाई अध्ययन गरेर थप कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुुसार, रिजाल नेतृत्वको समितिलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गरेको भन्दा फरक सिफारिस गर्ने क्षेत्राधिकार थिएन । ‘आयोगको प्रतिवेदनलाई अध्ययन गरेर त्यसको जिस्ट निकालेर कानुनी दफा उल्लेख गर्दै थप कारबाहीका लागि बुँदागत रुपमा लेख्नुभएको छ’, भट्टराईले भने, ‘त्यसअनुसार, सम्बन्धित विभागमार्फत आयोगले कारबाही सिफारिस गरेकाहरुमाथि कारबाही हुन्छ ।’ आयोगले सुन…

Read More

काठमाडौं: कञ्चनपुरमा नेपाली काँग्रेसभित्र गुटबन्दी पुरानै हो। सो गुटबन्दीकै कारण केही नेताहरु राजनीतिक रुपमा सहिदसमेत भएको बताइन्छ। हालसम्म आइपुग्दा त्यहाँ काँग्रेसभित्र २ गुट छन्। एक गुट प्रतिनिधि सभा सदस्य एवं नेता रमेश लेखकले चलाउछ्न् भने अर्को गुट प्रतिनिधि सभा सदस्य एवं नेता एनपी साउदले। उनीहरू दुबैजना पूर्वमन्त्रीसमेत हुन्। निर्वाचनका समयमा उनीहरू दुबैले एक अर्कालाई हराउन लाग्नेदेखि राजनैनिक दुश्मनी नै लिने गरेको बताइन्थ्यो। अहिले पनि नेता लेखकले जिल्लामा आफ्नो पकड बलियो बनाउदै लैजाने रणनीति अपनाएका छन्। सोही अनुरुप उनले जिल्ला केन्द्रित गतिविधि बढाइरहेका बेला एनपी भने जिल्लामा खासै नदेखिएको बुझिएको छ। यस अगाडि सरकारमा परराष्ट्र मन्त्री हुँदा पनि उनले खासै काम…

Read More

धनगढीः धनगढीमा खसी चोरी गर्ने र किन्ने दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१८ का रामबहादुरको घरबाट २ र सोही ठाउँका सुशील दमाईको घरबाट एउटा खसी चोरी भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरी गर्ने १८ वर्षीय संकेत घिमिरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको हो।

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।  मंगलबार बिहान सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले भनिन्, ‘संसदीय छानबिन समिति किन बनाउने ? त्यसको औचित्य छैन । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो हुँदैन भन्ने छलफल भयो ।’  मंगलबार मध्याह्न १२ सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको उनले बताइन्…

Read More

धनगढी: धनगढीमा मर्निङ वाकमा दुर्घटनामा परेकी ईन्द्रादेवी पन्तको निधन भएको छ। ६८ दिनदेखि मायामेट्रो अस्पतालमा भेन्टिलेटरमा उपचाररत ७० वर्षीया पन्तको सोमवार निधन भएको हो। फागुन १६ गते मर्निङ वाकमा निस्किएकी धनगढी उपमहानगरपालिका–५ तारानगरकी पन्तको खुट्टा मिनि ट्रकमा अल्झिएको टेलिकमको तारमा बेरिएको थियो। र, ट्रकले तानेर पाँच सय मिटर जति सडकमा घिसारेपछि उनी गम्भीर घाईते भएकी थिइन्। सोही दिनदेखि भेन्टिलेटरमा उपचाररत पन्तको सोमवार निधन भएको हो।

Read More

कञ्चनपुर: कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो। सोही ठाउँका रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा उनी खसेका थिए। अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो। त्यहाँ जाँच गर्दा चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

Read More

अछाम : चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो। सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ। सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।

Read More

काठमाडौं : हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ। सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा सीआईबीले छापा मारेको हो। हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ। तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन। सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ। रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो। फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ।

Read More

कंचनपुर : चर्चित महेन्द्रनगर जग्गा घोटाला प्रकरणमा नगर विकास समितिका चारैजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर भएका छन्। साथै उनीहरू नगर विकासको जग्गा प्रक्रिया पूरा नगरी अनुचित लेनदेन, सम्पर्क र दबाबका आधारमा जग्गा व्यक्तिका नाममा सार्ने मुख्य कर्मचारीहरु पनि दोषी ठहर भएका छन्। तर जग्गा प्राप्त गर्ने व्यक्तिहरुलाई भने विशेष अदालतले सफाइ दिएको छ। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्त कायम गरेका अरु धेरै कर्मचारीलाई पनि अदालतले निर्दोष ठहर गरेको छ। अख्तियारले २०७९ वैशाख ११ र कात्तिक २ गते गरी चारवटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गतेदेखि लगातार सुनुवाइ…

Read More

धनगढी: गृहसचिव एकनारायण अर्याल नेतृत्वको टोली दार्चुलाको टिंकर पुगेको छ। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको टोली त्यहाँ पुगेको हो। आज बिहान धनगढीबाट नेपाली सेनाको हेलिकोप्टर एनए ०६६ बेलमा टोली उडेको बताइएको छ। बिहान पौने ६ बजे धनगढीबाट उडेको उक्त हेलिकोप्टर साढे ६ बजे दार्चुलाको सदरमुकाममा केहीबेर रोकिएको बुझिएको छ। त्यसपछि सवा ७ बजे त्यहाँबाट प्रस्थान गरेको हेलिकोप्टर छाङग्रु गएको हो।  तर साढे ७ बजे हेलिकोप्टर डुम्लिङमा अवतरण गरेको थियो। केहीबेर रोकिएको हेलिकोप्टर टोलीसहित पौने ८ बजे सीमा क्षेत्र टिंकरमा पुगेको हो। टोली त्यसपछि बझाङ र अछाम जाने पनि…

Read More