Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार गरेको छ। मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा प्रहरीले गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए। पक्राउ पर्नेमा भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजन छन्। लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। ‘प्रहरीसँग मुठभेड हुँदा प्रहरीले गोली चलाएको छ,’ एसएसपी थपलियाले भने, ‘उनी मोटरसाइकलमा थिए। प्रहरीले समाउन खोज्दा प्रहरीलाई नै घिसारेका थिए।’ उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो। उनको दाहिने खुट्टामा चोट…

Read More

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताएका हुन्। उनले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराए। तीन तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि उनले बताए। स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरु सँग सहकार्य गरिने सरकारको नीति रहेको उनले उल्लेख गरे। त्यस्तै आगामी आर्थिक वर्ष कम्तिमा एक हजार लघु,…

Read More

काठमाडौँ : समुन्द्रमा चल्ने पानी जहाज नेपालमा दर्ता हुने भएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो विषय समेटिएको राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा जानकारी गराएका छन्। त्यस्तै, सरकारले नेपालको पहुँच समुन्द्रसम्म पु¥याउनका लागि जलमार्गको विकास गरिने पनि जानकारी गराए। नारायणी र कोसी नदीमा पानी जहाज सञ्चालनका लागि टर्मिनल भवन निर्माण गरिने भएको हो।

Read More

 काठमाडौं : सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । को कहाँ भए सरुवा ?

Read More

काठमाडौँ : सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।  जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’ उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो । डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।

Read More

काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले आजको संसद बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम नरोक्ने भएको छ। सहकारी अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएको कांग्रेसले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको हो। संसदीय दलको बैठक अगाडि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। भेटमा प्रचण्डले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका थिए। राष्ट्रपतिलाई संसद्मा अवरोध गर्दा गलत सन्देश जाने भएकाले लचक बन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। प्रधानमन्त्रीको आग्रहमा कांग्रेस आफ्नो निर्णयबाट पछि हटेको…

Read More

धनगढी : बाजुराको हिमाली गाउँपालिका वडा न: ६ धुलाचौरमा एक घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर भष्ट भएको छ । पूर्व पाण्डेयको २ तले २ कोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, चाँदी, खद्यान्न, लत्ता कपडा, सोलार पाता, मोबाइल लगायतका सामानहरु गरि अन्दाजी चार लाख चालिस हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । मानबिय तथा चौपाया क्षती भने भएको छैन । प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ । बिद्युतको तार सट भइ आगलागी भएको जनाइएको छ ।

Read More

कञ्चनपुरः चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-२ घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भोजप्रसाद चापागाई पक्राउ परेका हुन्। चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ। यस्तै चोरी मुद्दामा फरार रहेका कैलालीको बर्दगोरीया गा.पा.४ बस्ने बर्ष २६ को रमेश चौधरीलाइ पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीकोले चोरी मुद्दामा ५० हजार जरिवाना ठहर भई फरार रहेका चौधरीलाई सोमबार इलाका प्रहरी कार्यालय…

Read More

धनगढी : कैलालीको एक सहकारीका पदाधिकारीसहित सञ्चालक फरार भएका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लिमिटेडका पदाधिकारीहरू सेयर सदस्य, बचतकर्ताको लाखौँ रकम डुबाएर भागेका हुन् । जीवनसाथी सहकारी २०६७ साल भदौमा १७ जना संस्थापक सदस्यबाट एक लाखका दरले सेयर उठाएर सुरु भएको थियो । जोशीपुर गाउँपालिका–१, लकरमन्डीका अशोककुमार महतो सहकारी अध्यक्ष डम्बरबहादुर परियारले युवा स्वरोजगार कोषबाट ल्याएको ४० लाख रुपियाँ ऋण पनि हिनामिना गरेको बताए। “स्वरोजगार कोषको ऋण नतिरेपछि सेयर सदस्यहरूले थप ७०र७० हजार रुपियाँका दरले दामासाहीमा तिर्‍यौँ,” महतो भन्छन्, “शिक्षक भएकाले इज्जत जोगाउन थप पैसा तिरेर छोडेका हौँ ।” “सात दिनका लागि भनेर विद्यालयबाट सापटी मागेको दुई लाख…

Read More

महेन्द्रनगर :  कञ्चनपुर महेन्द्रनगरको एक होटलमा युवाहरुबिच एकआपसमा झगडा हुँदा एक जना घाइते भएका छन् । महेन्द्रनगरको सौर्य मम एण्ड सेकुवा सेन्टरमा सोमबार राती ग्राहक बनेर उक्त होटल पुगेका युवाहरुबिच एकआपसमा झगडा हुँदा भीमदत्त–१८ का २८ वर्षिय ओम जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मदिरा पिएर उनिहरुबिच एक आपसमा झगडा हुँदा जोशी घाईते भएका हुन् । जोशीलाई उनि संगै रहेका अन्य ३ जनाको समुहले कुटपिट गरेको हुन् । जोशीलाई कुट्ने तीनै जना फरार रहेको प्रहरीले जनाएको छ । घाईते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भारतीय अस्पताल लगिएको जनाइएको छ । उनिहरुबिच एक आपसमा झगडा…

Read More