काठमाडाैं : मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ। प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले बताए। जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई पठाइएको छ। सर्वोच्च अदालत सुरक्षा कार्यालयमा विनोद सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाहीलाई सरुवा गरिएको छ। प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ।
कञ्चनपुर : कञ्चनपुरमा कुकुरबाट चार लाख मूल्य बढीका कुखुरा मारिएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको हो। बिहिवार बिहान फार्मको तारजाली तोडेर भित्र पसेको कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको छ। सय बढी कुखुरा घाइते छन्। ‘बैँकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी ब्यहोर्न बाध्य भएका छौँ।’फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन।…
काठमाडौंः डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर अमरगढी नगरपालिका–१ का एक किशोरको मायाजालमा परिन्। र, उनी ती किशोरसँग गत बैशाखमा भागेर गइन्। गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा चुर्लुम्म डुबेकी उनी १८ वर्षकी थिइन् भने ती किशोरको उमेर १५ वर्ष मात्रै छ। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। दुवै जनाको उमेर विवाह गर्न योग्य नभएपछि किशोरी पक्षले छोरी फिर्ता ल्याउने कुरा गरे। तर, ती किशोरले भुवनेश्वरीलाई ‘फिर्ता लगे मर्दिन्छु’ भन्ने धम्की दिएपछि किशोरी पक्षले छोडिदिए। भुवनेश्वरीकी बहिनी सावित्री ऐरका अनुसार, ती किशोरले राम्रोसँग पाल्ने आश्वासन समेत दिएका थिए।…
काठमाण्डाैं : आज सुनचाँदीकै भाउ घटेको छ। सुनको भाउ चार सय रुपैयाँले घटेको हो। सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ १५ रुपैयाँले घटेको छ। चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम बुझाउने म्याद थप गरेको छ। यसअघि माघ १५ गतेभित्र आवेदन फाराम बुझाई सक्नुपर्नेमा बोर्डले यही फागुन २१ गतेसम्म म्याद थप गरेको हो। बोर्डले विविध कारणले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राखी बुझाउन अनुरोध गरेको छ। सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८०-०८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामहरु मिति २०८० माघ १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीका लागि २०८० फागुन २१ गतेभित्र फाराम बुझ्रने-बुझाउने गरी म्याद थप गरिएकोले फाराम बुझाउन छुट भएका विद्यालयहरुलाई…
काठमाडौं : तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए। आशुतोषले २८ रन बनाए। उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए। अर्जुनले पनि टोलीको खातामा २७ रन थपे। उनले ५३ बलमा दुई चौका प्रहार गरे। कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए।चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८…
काठमाडौं : नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन्। कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो। उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए। त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन्। उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिति सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो।
काठमाडौं : नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ। एमाले सचेतक महेश बर्तौलाले अहिले केही बेरमा बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए। उनका अनुसार, बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ र त्यसको विरोधका लागि समय माग गरिएको छ। फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही किन नगरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन…
काठमाडौं : अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ । ६ महिनाअघि मात्रै अमेरिका पुगेकी इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट मृत्यु भएको हो। ईलाम नाम्सालिङकी इनुको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको बताइएकोछ । उनको मृत्युपछि शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ । निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा उनलाई आन्द्राको क्यान्सरको देखिएको थियो ।