Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने रणनीति  तय गर्न पार्टीको संसदीय दलको बैठक बोलाइएको बताएका छन् । आज बसेको पदाधिकारी बैठकले सभामुख देवराज घिमिरे  र सरकारको रवैया गलत रहेको निष्कर्ष निकालेको उनको भनाइ छ ।  बैठकमा गतिरोध अन्त्य र अरू विभिन्न विषयहरूको बारेमा छलफल भयो । संसद्मा हिजो सभामुख देवराज घिमिरे र अरू दलहरूसँग पनि छलफल गरेर गतिरोध पनि अन्त्य होस् भन्दा जुन रवैया देखाइयो त्यो गलत छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भन्दै गर्दा जसरी कार्यसूचीमा पेस गरियो, यसले सरकार छानबिन समिति बनाउन नदिने भन्नेमा उद्धत रहेको हाम्रो निष्कर्ष छ’…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षिय सुनील शाहीलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्यु भएको खुलेको छ ।  शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राती भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भीत्र लगेर, सुधारगृहमा रहेका ४/५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको छ। बैशाख २५ गते बेलुकीको समय थियो । सुधारगृहमा खाना खाने समय भईरहेको थियो । सुधारकेन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए । सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन ।  उनले आफु सुधारकेन्द्रमा…

Read More

धनगढी : नव उद्दमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको उपाधी युवा व्यवसायी रोशन कठायतले प्राप्त गरेका छन ।  प्रदेश युवा परिषद् , सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा आयोजना भएको प्रदेश स्तरीय प्रतियोगीतामा आर सि गारमेन्ट उद्योगका संचालक कठायतले प्रथम स्थान प्राप्त गरे । उनले प्रमाणपत्र सहित नगद १ लाख राशी प्राप्त गरेका छन ।  एक समारोहका बिच युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले उनलाइ नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका छन ।  कार्यक्रममा दोस्रो स्थान प्राप्त गर्ने बाजुराका चन्द्रबिर बुढा , र तेस्रो स्थान प्राप्त गर्ने अछाम गौरव जोशीले क्रमशः ७५ हजार नगद सहित प्रमाणपत्र , ५० हजार सहित प्रमाणपत्र प्राप्त…

Read More

सुर्खेत : मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।  नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।

Read More

बैतडी : भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइने भारतीय दूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।  “बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउने भारतीय दूतावासले जारी गरेको…

Read More

काठमाडौं : गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवन आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको छ । तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिं किन भन्ने प्रश्न सोध्न सकिन्छ नि ?’ त्यसपछि उनले भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकोले हरकोसिस भएको बताए । लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरी सरकारमा को थियो ? ‘ गृहमन्त्री लामिछानेले जीबी…

Read More

कञ्चनपुरः भारतमा होटल संचालन गरिरहेका कञ्चनपुरको जनकराज पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका ५० वर्षीय जनकराज जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट शुक्रवार जोशीलाई पक्राउ गरेको बताएको छ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो। मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ। “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै…

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरेको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १९६ रनमै समेटियो । चेन्नईका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, मोइन अलीले ५६, महेन्द्रसिंह धोनीले २६, शिवम दुबेले २१ र रवीन्द्र जडेजाले १८ रनको योगदान दिँदा कप्तान रुतुराज गायकवाड शून्य रनमै पवेलियन फर्किएका थिए । गुजरातका मोहित शर्माले ३, रासिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले…

Read More

बाँके: बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा ३१ वैशाखमा हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको जानकारी दिए । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनले बताए । निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ ।

Read More