काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयको गत जेठ १६ गतेको निर्णयानुसार उक्त हेरफेर भएको हो । जसअनुसार डडेल्धुराका सहायक सिडियो धर्मराज जोशीलाई कञ्चनपुर सरुवा गरिएको छ भने सिराहाका भीमराज कोइराला सुनसरी पुगेका छन् ।
कञ्चनपुरका अशोककुमार भण्डारी डडेल्धुरा सरुवा हुँदा सुनसरीका ओमप्रसाद भट्टराईलाई उपसचिवको रुपमा गृह मन्त्रालय ल्याइएको छ ।
गृहले चार उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ । जसअनुसार उपसचिव सूर्यप्रसाद उपाध्यायलाई अध्यागमन विभागको निर्देशक बनाइएको छ ।
उपसचिव युवराज अर्याल र कृष्णप्रसाद हुमागाईलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा क्रमशः धादिङ र नुवाकोट खटाइएको छ ।
यस्तै, उपसचिव ललितकुमार बस्नेत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएका छन् ।