Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः डडेल्धुरामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३८ वर्षीया डम्बरीदेवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ। कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Read More

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

Read More

काठमाडौं : नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् । टी(२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ । नेपालको टोली : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,…

Read More

काठमाडौँ : सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ लाई संशोधन गरी यससम्बन्धी अपराध अनुसन्धानको दायरा फराकिलो बनाइएको छ। नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले पनि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउने भएका छन्। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यससम्बन्धी कसुरमा अनुसन्धान गर्न पाउँथ्यो। प्रहरी, अख्तियार, वन कार्यालय, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्जलगायत १३ वटा निकायले सम्बद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत अनुसन्धान गर्न पाउने व्यवस्था गरिएको हो। विभागको मात्र अनुसन्धानले सम्पत्ति शुद्धीकरण प्रभावकारी नभएको भन्दै अन्य निकायलाई पनि अधिकार दिइएको छ। विभागले वर्षमा एक दर्जन पनि मुद्दा दायर गर्न नसकेको अवस्था छ। ऐनको दफा १३ मा रहेको…

Read More

काठमाडौँ : नेपालका पाँच राजनीतिक दलका नेताहरुले भारतमा जारी लोकसभा निर्वाचनको अवलोकन गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्व्पा र जनमत पार्टीका एक(एक जना चुनाव अवलोकन गर्न भारत भ्रमणमा जान लागेका हुन् । बताइएअनुसार एमालेको तर्फबाट बिष्णु रिमाल, कांग्रेसबाट उदय शमसेर जबरा, माओवादी केन्द्रका मात्रिका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत भारत जाँदैछन्। भ्रमणका क्रममा नेपाली प्रतिनिधिले भाजपाको केन्द्रीय कार्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, विदेशमन्त्री एस। जयशंकर र रेलवेमन्त्री अश्विनी बैष्णवले नेपाली नेताहरुलाई बिजेपीको चुनावी क्याम्पियनसंगै समग्र चुनावी प्रक्रिया…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालका १६ डीआइजी र १८ जना एसएसपीहरुको सरुवा गरिएको छ। गृहमन्त्रालयले हिजो (मंगलबार) डीआइजी र एसएसपीहरुको सरुवा गरेको हो। जसमा केही एसएसपीहरु भने ८ महिनामै हेडक्वार्टर तानिएका छन् भने वाहिनी एवं प्रदेश मुख्यालयका डीआइजीहरु पनि फेरबदल भएका छन्। सरुवामा बाहिनी पतिहरू परेका छन्। जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी, मकवानपुरमा गणेशबहादुर ठाडामगर पुगेका छन्। यस्तै नम्बर ७ बैद्यनाथ बाहिनी कैलालीमा दीपक अधिकारीलाई पठाइएको छ। नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी कुमार न्यौपाने र एसएसपी रमेश कुमार पाण्डेको सरुवा भएको छ। हिजो (मंगलबार) गृहमन्त्रालयले डीआइजी न्यौपाने र एसएसपी पाण्डेको सरुवा गरेको हो। उनीहरू दुबै जनाको काठमाडौं सरुवा भएको हो। सशस्त्रको प्रधान कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीमा कार्यरत डीआइजी न्यौपानेको प्रधान कार्यालयस्थित आइजीपीको सचिवालय र एसएसपी पाण्डेको सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं सरुवा भएको जनाएको छ। यस्तै अब न्यौपानेको स्थानमा डीआइजी दिपक अधिकारी आउने भएका छन्। उनी सशस्त्र प्रहरी बल नेपालको नम्बर ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीबाट सरुवा भएर आउन लागेका हुन्।…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फिर्ता भएका छन् । कन्फरेन्समा मुख्यगरी अन्तराष्ट्रिय संगठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरुका एनसीबी प्रमुखहरू र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो । महानिरीक्षक कुँवरलाई स्वागत गर्न विमानस्थलमा अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु पुगेका थिए। कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

Read More

काठमाडौं: जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षयता पहिलो पटक घटेको छ। जापान सरकारले तथ्यांक सार्वजनिक गर्दै रोजगार उपलब्धता घटेको जानककारी गराएको हो। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २०२३ को मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात ०।०२ प्रतिशतले घटेको बताएको छ। मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १०।८ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र तथा शिक्षा क्षेत्र दुवै १०।५ प्रतिशतले घटेको छ।

Read More