धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नगरेपछि उपधारा ३ अनुसार सबै भन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।अघिल्लो वर्ष माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहको एक वर्ष अनुगमन भ्रमण र निरीक्षणमै मुख्य उपलब्धि देखिएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।सुदूरपश्चिम स्वरोजगार कोषबाट १४ सहकारीमार्फत ४६२ जनालाई १० करोड ३० लाख कर्जा, सुदूरपश्चिमको…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले तेस्रो विकेट गुमाएको छ । क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए । ३१.२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको छ ।
धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका वर्तमान र निवर्तमान अध्यक्षको नाममा पक्राउ पुर्जी जारी भएको छ। संघका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएको हो। अत्तरियामा आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा यसअघि संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर अहिले उनीहरु प्रहरी हिरासतमा छन्। उनीहरु चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देबेन्द्रबहादुर पाललले बताए। तर उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको पक्राउ पुर्जीका विषयमा भने एसपी पालले खुलाउन चाहेका छैनन्। ‘पक्राउ परेकाहरुमाथि…
काठमाडौं: कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीले पत्रकार पुष्कर भट्ट विरुद्धकोआरोप र अभियोग सार्वजनिक गर्न माग गरेका छन् । उनले सामाजिक संजालमा प्रतिक्रिया दिदै प्रहरीले प्रतिशोधपुर्ण कारबाही गरेको भन्दै आरोप पुष्टि गर्न माग गरेका हुन । उनले लेखेका छन : पत्रकार पुष्कर भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रतिशोधपूर्ण कार्वाही गरेको हो भने लडाइँ ठूलै हुनेछ । आरोप र अभियोग तुरुन्त सार्वजनिक गर !पत्रकार भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए। सोही विषयको उजुरी…
काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले १५ ओभरमा कुनै पनि विकेट नगुमाई ८१ रन बनाएको छ । क्यानडाका ओपनर नवनित धालिवाल ३८ र एरोन जोन्सन ३७ रन बनाउँदै क्रिजमा छन् । नेपालले सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल, सूर्य तामाङ र आकाश चन्द गरी पाँचजना बलरलाई प्रयोग गरिसकेको छ । तर, कुनै पनि बलरले विकेट लिन सकेका छैनन् । क्यानडाविरुद्धको दोस्रो खेलबाट नेपाली यू-१९ टोलीका तिब्रगतिका बलर आकाश चन्दले सिनियर टोलीमा ‘डेब्यू’ गरेका छन् । यसअघि बिहीबारको खेलमा सूर्य तामाङ र रिजन ढकालले सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको…
काठमाडौं: कञ्चनपुरका पत्रकार पुष्कर भट्ट समातिएका छन्। प्रहरीले शनिबार बिहान भट्टलाई पक्राउ गरेको हो। प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए। सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीले बताए।भट्टले विगतदेखि प्रहरीले गर्ने गरेका अत्याचारका बारेमा लेख्दै आएका थिए।
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४।१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे । इन्दुले ४० रनको योगदान गरिन् । उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काइन् । सीताले अविजित ३६ रन जोडिन् । उनले ३८ बलको…
धनगढी : आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ। भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र…
काठमाडौं : नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीन परिवर्तन गरेको छ । आकाशले डेब्यु गरेका छन् भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार…
धनगढीः धनगढीमा एक भारतीय पुरुष मृत अवस्थामा फेला परेका छन्। भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा आज ( शुक्रवार) मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।