काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन्। योग्यता विपरीत गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्नुपर्ने रिट निवेदक अधिवक्ताको माग छ। गभर्नर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए। उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए। ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु! जय देश!,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए। धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताए।
धनगढी : कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका-४ खैरानामा जङ्गलबाट माटो ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
काठमाडौं : नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन्। बढुवा समितीले बुधबार थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए। सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो। नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए। ज्येष्ठताका आधारमा सिग्देल आगामी प्रधानसेनापति बन्ने लाइनमा उभिएका छन्।
काठमाडाैं : विभिन्न परोपकारी काम गर्दै आइरहेको बुहारी ग्रुपले क्यान्सर पीडित बालिकालाई सहयोग गरेको छ । गोरखा घर भएकी दीपा आलेकी ५ वर्षीया छोरीको उपचारका लागि बुहारी ग्रुपले ८५ हजार ५५५ सहयोग गरेको हो । आर्थिक अभावका कारण उनकी छोरीको उपचार हुन नकसेको बेला बुहारी ग्रुपका ३ सय सदस्यले ३ दिनमा रकम संकलन गरेका थिए । उनकी छोरी बोन म्यारोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । उक्त खबर पाएपछि बुहारी ग्रुपले आर्थिक सहयोग संकलनको अभियान चलाएको थियो । यसअघि पनि ग्रुपले थुप्रै रकम संकलन गरि विभिन्न समस्या भएकाहरुलाई १० लाख सहयोग गरिसकेकाे छ ।
बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डडेल्धुराले डाेटीमाथि शानदार जित निकालेकाे छ। प्रतियोगितामा दाेस्राे जित दर्ता गर्ने क्रममा डडेल्धुराले डाेटीलाई १० विकेटले हरायाे। जितका लागि पाएकाे ७० रनकाे सामान्य लक्ष्य डडेल्धुराले १२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्याे। जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर हारेर ब्याटिङकाे निम्ता पाएकाे डाेटी १९.४ ओभरमा ६९ रनमा समेटियो। उसका कप्तान भाेजराज भट्ट र पारस महतले १५/१५ रन हिर्काए। डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे। सुरज खेलका म्यान…
काठमाडौं : नेपाली सेनाका एक जना सहसेनानी तालिमको क्रममा घाइते भएका छन्। नुवाकोटमा आयोजित सामूहिक तालिममा सहभागी सहसेनानी प्रदिप थापा घाइते भएको बताइएको छ। भैरव प्रसाद गणको सामूहिक तालिममा घाइते भएका थापालाई ग्रिनेडको छर्रा लागेको हो। दायाँ हातमा चोट लागेकाले उनको इमर्जेन्सीमा राखेर उपचार गरिएको हो।
डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, क्याम्पस प्रमुख, प्राध्यापक र विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।
धनगढी : कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। आगामी केही दिनमा प्रतियोगिताको मिति र पुरस्कार राशि घोषणा गर्ने तयारी भइरहेको छ। लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले श्री कलेज धनगढी फुटबल लिग (श्री कलेज डिएफएल–२ )२०८० फागुनको दोस्रो हप्ता देखी आयोजना गर्ने तयारी गरेको क्लबको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। कक्षा १२ सम्म सञ्चालित विद्यालयहरूले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। १६ वटा टिम सहभागी गराउने लक्ष्य लिएको अध्यक्ष शाहीले बताए। प्रतियोगिताको विजेता,उपविजेता एवं उत्कृष्ट विधाका खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। प्रतियोगिता लिग कम नक– आउट फर्म्याटमा खेलाइने जनाइएको छ। प्रतियोगितामा…
काठमाडौं : सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७.४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन् । ४८ बल खेलेकी काजलले…