धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य खिमादेवी विष्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहप्रति आपत्ति जनाएकी छिन् । आजदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य विष्टले आपत्ति जनाएकी हुन् । उनले मुख्यमन्त्री कमलबहादुर शाहले कुनै कुरामा अडान लिन नसकेको बताइन् । उनले भनिन्, ‘मुख्यमन्त्रीज्यू, तपाईंसँग मेरो प्रश्न छ तपाईं कुनै दलको मुख्यमन्त्री हो ? या कुनै व्यक्तिको ? कि ५३ जनाको या सुदूरपश्चिमको मुख्यमन्त्री हो ? तपाईंको बोलीमा मैले कुनै पनि दम देखेको छैन । मैले मात्रै होइन, तपाईंका पार्टीका कार्यकर्ताले पनि देखेका छैनन् । अहिले यहाँको विकास भइरहेको छैन, यसको जिम्मा तपाईँले लिनुपर्छ । यो…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ। विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो। सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए। प्रवक्ता पनेरुका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ। बैंकको सबै प्रक्रिया पुर्याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ। विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको सुरुआत…
धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा मतपत्र पुर्याएको छ। आज (शुक्रबार)सम्म सुदूरपश्चिमसहित सात वटै प्रदेशमा मतपत्र पुर्याइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए। प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र बनाइएको छ। त्यस्तै पालिका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि सेतो रंगको कागजमा रातो रंङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्रहरू छापिएका छन्। पन्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरू छन्। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ।
धनगढीः भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट रहेका छन्। मृतक दिपकका दाजु इश्वर खड्काका अनुसार बुधवार रातिदेखि वेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको बताए। दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ। उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए। अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका-१ हात्तीथालाका बसन्तबहादुर धामी रहेका छन्। बनबासाबाट घरका लागि समान ल्याउदै गरेका धामीलाई नेपाल-भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले कुटपिट गरेका हुन्। घटना हिजो (बिहिबार)साँझ साढे ६ बजे तिरको हो। सिभिल पोसाकमा रहेका हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलाैच गर्दै टाउकोमा टर्च लाइटले हिर्काएको पीडित धामीले बताएका छन्। घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। धामीको टाउको दुई ठाउँमा फुटेको छ भने उनको टाउकोमा १० टाका लागेको महाकाली…
धनगढी : हिलारी हिक्मत बोहरा खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। लामो समयदेखि राजनीतिमा रहेका उनी खेलकुद महासंघको केन्द्रीय सदस्यमा चुनिएका हुन्। उनी लामाे समयसम्म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए। राजनीतिमा लागेका उनले खेलकुदलाई माया मार्न नसकेर फेरि खेलकुदमै फर्किएकाे बताएका छन्। खेलकुदबाट नै ख्याति कमाएका हिलारीले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय स्तरसम्म भाग लिएर खेल खेलेका छन्।
डडेल्धुरा : नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले पाँच बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। लामो रुटमा चल्ने सार्वजनिक सवारीका साधनमा विद्यार्थीलाई छुटको व्यवस्था गरिनुपर्ने, महिला, बृद्ध तथा अपाङगता भएका व्यक्तिका लागि छुट्टै सिटको व्यवस्था गरिनुपर्ने, ट्राफिक नियमको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने, डडेल्धुरा–धनगढी रुटमा चल्ने बिजुलीका सवारी साधनको निश्चित भाडादर कामय गर्नुपर्ने र डडेल्धुरा जिल्ला सदरमुकाममा व्यवस्थित पार्किङको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष ऐरले बताए। ‘पाँच वटै माग तत्काल कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सर्वपक्षिय बैठक बोलाउन…
दार्चुला : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ। दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रालिको सूप्रप्र ०२ ००१ ख १०३१ नम्बरको दिवा सेवाको यात्रुवाहक बस आज विहान महाकाली नगरपालिका-५ को फोहरमैला विसर्जन केन्द्र नजिक दुर्घटना भएको थियो। जसमा चालक सहित १४ जना घाइते भएका थिए। घाइतेहरुमध्ये ११ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ भने ४ जनालाई रेफर गरिएको छ। घटना के कति कारणले हुन पुग्यो त्यसको अनुसन्धान प्रहरीले गरिरहेको छ। घाइतेको नामावली :
काठमाडौं : राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन्। ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले भने। ढुंगानाका अनुसार बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ। अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो। पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ।
काठमाडौं : राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ। उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो। उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ। उनले विभिन्न राजनीतिक मुद्दाहरू लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए। थाइल्याण्डमा राजा महा बजिरालोङकोर्न र उनका परिवारको आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ। सन् २०२० र सन् २०२१ मा युवाहरूको…