Author: महेन्द्रनगर पोष्ट

धनगढीः लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालकको निधन भएको छ। लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा दुइ पुरुष मृत अवस्थामा फेला परेका छन्।सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौर घर भइ हाल भिमदत्त नगरपालिका –९ ब्रमदेब ससुराको घरमा बस्दै आएका अन्दाजी ४०  वर्षीय सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  यसै गरि कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका नाम,थर,  नखुलेका अन्दाजी ३० वर्षका कोमोदी भनि चिनिने भारतिय नागरिक बेहोस अवस्थामा फेला  परेका थिए। बेहोस अवस्थामा फेला  परेका कोमोदीलाइ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाछ।

Read More

काठमाडौं : नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए । उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’ लेखकले कांग्रेसले उठाउदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताए । उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज (मंगलबार) धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे। ‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा. हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताए । सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति,…

Read More

काठमाडौं : संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठकको समय २ घण्टा पछि सारिएको हो ।  सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्‍क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ रहेको बताए । उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सशस्‍त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते…

Read More

काठमाडौं : महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको छ । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने गृहमन्त्री रवि लामिछानेले जनाएका छन । लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन् ।  सन्देशमा भनेका छन्- ‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’ ‘म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ,’…

Read More

काठमाडौं : यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमकी युवतीको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका- ४ गोतामकोट विष्टगाउँकी २२ वर्षीया जमुना विष्टको सोमबार डोल्पाको काईके गाउँपालिकामा मृत्यु भएको हो। वडाध्यक्ष नरसिं विष्टका अनुसार यार्सागुम्बा टिप्नको लागि डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला जमुना लेक लागेर बिरामी भएकी थिइन्। साथै गएकी कान्छी बहिनी सरस्वतीसहित घर फर्किँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको छ। त्यसपछि गोतामकोट ल्याई अन्त्येष्टि गर्ने वडाध्यक्ष विष्टले बताए।

Read More

काठमाडौं : सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुँदै छ । आज सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ । त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले अन्तिम रुप दिनेछ । त्यसपछि कांग्रेस र एमालेका २-२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक-एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनीमाथि छानबिन गर्न…

Read More