Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए ।यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए । आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए । सम्मेलनका दौरान विभिन्न स्वदेशी कम्पनीहरूले विदेशी लगानी भित्र्याउन सम्झौता…

Read More

धनगढी: कैलालीमा प्रहरीले ४० लाख बढीको अवैध सामानसहित गाडी र मान्छेलाई नियन्त्रणमा लिएको छ। हिजो (आइतबार) साँझ धनगढी उपमहानगरपालिका-४ स्थित हरि ओम हार्डवेयर एण्ड सप्लायर्सको ४० लाख बढीको सामान समातिएको हो। सप्लार्यसले अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चोरी पैठारीका सामानहरु बिक्रि वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो। छापापछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले भारतको लखिमपुर, पलियाकला खिरी स्थायी घर भई हाल धनगढी-३ बस्ने ४४ वर्षीय आशिष गुप्ताको उक्त हार्डवेयरबाट सामान बरामद गरेको एसपी पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार गुप्ताको गोदाममा रहेको भारतीय नम्बरको ट्रकबाट अनलोड गर्दै गरेको अवस्थामा हार्डवेयरका विभिन्न सामानहरु…

Read More

धनगढीः कैलालीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिलबहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदीमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन्। बेपत्ता दिलबहादुरको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पण्डौनले जानकारी दिएको छ।

Read More

धनगढी : केन्द्रको सत्ता गठबन्धनसँग सुदूरपश्चिम प्रदेश सभामा स्पष्ट बहुमत नहुँदा त्यहाँ बलियो सरकार बन्न सकेको छैन। एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री भए पनि उनको नियुक्तिको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा प्रश्न उठेको छ। सुदूरपश्चिमको सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक भए पनि यो नवोदित पार्टी आन्तरिक मतभेदका कारण दुई धारमा विभाजित छ। नाउपामा कसको निर्णय र निर्देशनले वैधानिकता पाउने भन्ने विवाद पनि सर्वोच्च अदालतमै विचाराधीन छ। कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमाले–माओवादी गठबन्धनलाई पनि स्पष्ट बहुमत देखाउन कठिन भइरहेको छ। नउपाका २ सांसद मात्र यस गठबन्धनको पक्षमा देखिँदा बाँकी ५ सांसद कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन्। अध्यक्ष रञ्जिता चौधरी एमाले…

Read More

कञ्चनपुरः भीमदत्तबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र ६ नम्बर वडा ऐपुरबाट अन्दाजी चार लाख १८ हजार पाँच सय ९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ। प्रहरीले ईन्जन तेल, जिम पाउण्डर, सिल्भर कडाई,फ्राईबिन,डेक्ची, चिनी, तेल, बिडी, चुरा, प्याज, गुड, पेय पदार्थ, पशु आहार लगाएतका सामान बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

Read More

धनगढीः कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर, धनगढी–७ बेली बजार, टीकापुर नगरपालिका–७ विस्णु कान्ति चोक र टीकापुर–९ झुँगा स्थित भित्री सडक खण्डबाट भन्सार छलिको सामान बरामद गरेको छ। भारतबाट भन्सार छलि ल्याएका अन्दाजी दुई लाख २१ हजार चार सय ७० मुल्य बराबरको प्याज, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, सुटपिस, सिद्रा माछा, ई– रिक्सा, मिटर बक्स,नल्काको डोल्ची, पाना बक्स, टि–सकेट, सकेट, डिटिसि वाल, तरभुजा लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ। सोमवार प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा…

Read More

काठमाडौं: प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दले गण्डकी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेकी छन्। सोमबार पोखरा पुगेकी उनले प्रदेशको प्रहरी कमाण्ड सम्हालेकी हुन्। यसअघि पोखराका डीआईजी विकासराज खनाल अनिवार्य अवकाशमा गएपछि सिंहलाई सरुवा गरेर गण्डकी प्रदेश पठाइएको थियो। सिंहलाई उपत्यका प्रहरी रानीपोखरी काठमाडौंबाट पोखरा पठाइएको हो। पदभार ग्रहणपश्चात उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखेर प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोबल बढाउने गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप सञ्चालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु रहेको बताइन्। यस्तै आजै उता काठमाडौंमा एसएसपी सानुराम…

Read More

धनगढीः कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ मनहराबाट लागुऔषधसहित २३ वर्षीय सुरज चौधरी आज (सोमबार) पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–४ घर भएका चौधरीलाई एक सय २० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

डोटी: सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ मायामेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ । उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए थिए। कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए। उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

Read More

काठमाडौँ : कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो। सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन्। ‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन्।

Read More