Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई,…

Read More

धनगढी : अखिल नेपाल महिला संघ सुदूरपश्चिम कमिटीले सुदूरपश्चिम प्रदेशमा महिलामाथि हुने हत्या, र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । असार ३ गते राति सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा १६ वर्षकी एक किशोरी छाउगोठमा बसेको बेला बलात्कृत भएको घटनाले संघलाई गम्भीर चिन्ता बढाएको भन्दै ज्ञापन पत्र बुझाएका हुन । यसैगरी बझाङ र बाजुरा लगायतका जिल्लाहरूमा पनि यस्तै अमानवीय घटनाहरू घटेको बुझाइ रहेको छ। राज्यले यस्ता अमानवीय घटनामा पिडितलाई संरक्षण र छाउपडीको अन्धविश्वासको अन्त्य गर्दै अपराधमा संलग्न दोषीलाई कडा कारवाही…

Read More

काठमाडौं : नेपाली सेनाका जर्नेललगायत पाँच जनाले एउटै महिनामा अवकाश पाएका छन् । गत चैत २५ गते प्राड उपरथी रत्नप्रकाश थापाले पदावधिको हदबाट अवकाश पाएका थिए । त्यसअघि मानार्थ प्रमुख सेनानी बालकुमार सुनारले अवकाश पाए । नम्बर १ वन तथा पर्यावरण सुरक्षा गणका सुनारले चैत १ गते उमेर हदबाट अवकाश पाएको सेनाले आन्तरिक परिपत्रबाट सबै युनिटलाई जानकारी गराएको छ । तीन जना सेनानीले पनि सोही महिनाको २३ गते एकैदिन अवकाश पाएका छन् । पदावधिको हदबाट अवकाश पाउनेमा रामचन्द्र कटुवाल,भिष्म रावल र रविनकुमार अधिकारी छन् । कटुवाल चण्डीप्रसाद गणमा,रावल नरसिंहदल गणमा र अधिकारी गोरखदल गणमा थिए ।

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा…

Read More

धनगढी: सुदूरपश्चिममा नयाँ एसएसपी आइपुगेका छन्। आज (शुक्रवार) एसएसपी श्यामकृष्ण अधिकारी सुदुरपश्चिम आइपुगेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढीमा दरबन्दी रहेका उनी आज कार्यालयमा हाजिर भएका हुन्। उनको केही समय अगाडिमात्रै एसपीबाट बढुवा भएर एसएसपीमा पदस्थापन भएको थियो। प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलालीमा कार्यरत एसएसपी प्रज्वल महर्जनको सरुवा भएपछि उनको स्थानमा अधिकारी आएका हुन्। महर्जनको केही समय अगाडि नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रपलान्चोकमा सरुवा भएको थियो। उसो त सबै प्रदेशमा २/२ जना एसएसपीको दरबन्दी रहेको छ। तर अन्य प्रदेशमा एउटै एसएसपीले कामकाज सम्हालिरहेको पाइन्छ। तर यस अगाडिसमेत २ एसएसपी पठाइएको सुदूरपश्चिममा अहिले पनि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरु गरेको छ। सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार, छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन्। कञ्चनपुरका ६, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई/दुई र डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक/एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ। युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ। जुनियर डिभिजन तालिममा…

Read More

काठमाडौं :  माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ । सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाएका थिए । उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय आएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यार पत्ता लाग्ने बताएका छन्। एमालेका तत्कालिन महासचिव भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा राससलाई दिएको अन्तर्वार्तामा उनले ३१ वर्षअघि (२०५० सालमा) मदन–आश्रितको हत्या हुनेगरी भएको दासढुंगा दुर्घटनालाई एमालेले सुरुदेखि नै ‘हत्या’ भन्दै आएको बताएका छन्। ’दासढुंगा हत्याकाण्डयता एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर घटनाको सत्यतथ्य बाहिर ल्याउन किन सकेन ?’ यो प्रश्नको जवाफमा ओलीले भनेका छन्, ‘समय आएपछि दासढुंगा हत्याकाण्डका दोषी पत्ता लाग्छन्।’ उनले सत्ता र शक्ति बाधक मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता नलागेका दाबी गरेका छन्। ‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो,…

Read More

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय सञ्जय लुहार बिहीवार पक्राउ परेका हुन्। सञ्जयलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले नै प्रहरी संगठनलाई पंगु बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले यस्तो बताएका हुन् । उनले प्रहरीमा राजनीतिकरणदेखि पार्टीकरण हुँदै गुटकरण र व्यक्तिकरणसम्म पुगेको बताए। यसबाट नेपाल प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नबनेको र आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको सांसद गुरूङको भनाई छ। सांसद गुरूङले भने, ‘ नेताहरूका पुलिसका हाकिम छन्। प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन। किन भने पुलिस यतिधेरै ध्वस्त बनाएका छौं । नेतासँग सोधेर मात्रै, मन्त्रीसँग, सांसदहरूसँग सोधेर लिने कि नलिने भन्ने फैसला गर्छ । कति धेरै भ्रष्ट…

Read More