Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कतारबाट फर्किएका एकजना अवैध सुनसहित समातिएका छन्। बाँकेको खजुराका २४ वर्षीय मोहमद दिलसाद खाँलाई प्रहरीले आज सिनामंगलबाट सुनसहित नियन्त्रणमा लिएको हो।  कतारबाट काठमाडौँ ओर्लिएका उनको साथबाट सुनको ब्रासलेट र औँठी बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए। कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर ६९.८९ ग्राम सुनको ब्रासलेट लुकाएर ल्याएका मोहमद समातिएका हुन्। त्यस्तै, उनको साथबाट ११. ६५ ग्रामको औँठी पनि बरामद भएको छ।  उक्त सुन ओसारपसार कार्यमा संलग्न अन्य दुई जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ। नवलपरासी गैडाकोटका ४३ बर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ समातिएका हुन्। पक्राउ…

Read More

धनगढी: कैलालीमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार टीकापुर नगरपालिकाको खैरीकोटमा से १ ह ३२९५ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ बस्ने ६५ वर्षीया कोटारी चौधरी रहेका छन्। ठक्करबाट गम्भीर घाइते चौधरीको सत्तीमा रहेको सेती कर्णाली पोलिक्लिनीकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो र चालक टीकापुर नगरपालिका–९ बस्ने ४८ वर्षीय तपेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: कञ्चनपुरमा ट्रयाक्टरको पछाडीको भागमा मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय सञ्जिव चौधरी रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति साढे १० बजेको समयमा वेदकोट नगरपालिका–७ भुडाचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको से १ त ३३६८ को ट्रयाक्टरको पछाडीको भागमा सोही दिशातर्फ गइरहेको सुपप्र०२००३ प६९७० नम्बरको मोटसाइकल ठोक्किएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका चौधरी र पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने मनोज चौधरीलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा चालकको मृत्यु भएको हो। गम्भीर घाइते भएका मनोजको महाकालीमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

Read More

काठमाडौ : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ। तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची शहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ। मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ। भारतको सरकारी प्रसारक अल इण्डिया रेडियोले मदिरा प्रकरणमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का सर्वसम्मत चयन भएका छन्। शुक्रबार सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो। खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन्। २०७३ सालदेखि अनेरास्ववियुमा क्रियाशिल खड्काले एक कार्यकाल जिल्ला कमिटि सदस्य भएर काम गरेका छन् भने पछिल्लो समय उनी सहसंयोजकको भूमिकामा थिए। त्यस अगाडि स्ववियु चुनाव लड्न उनी समाजवादी त्यागेर एमालेमा पसेका थिए। पहिले एमालेमै रहेका उनी नेकपा विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर गएपनि पछि फर्किएका थिए। यस्तै उनीसहित अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुर प्रहरीका अनुसार ट्याक्टरको  ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो। गए राति पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन्।

Read More

काठमाडौं : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गएराति साढे १ बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो। पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो।

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं…

Read More

काठमाडौँ : नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ । यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

Read More

काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) सम्बन्धी छलफल भएको छ। टीआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा शुक्रबार भएको छलफलमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरू सहभागी थिए। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा सहभागी थिए। यस्तै, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी…

Read More