काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ । ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो । अल्पसूचीमा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनिया र नारायणप्रसाद बेलवासे रहेका छन् । त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि अल्पसूचीमा परेका छन् । उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस गर्नेछ । प्रधानमन्त्री…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सूचनाकाे हकका लागि सुदूरपश्चिम प्रथम प्रदेश महाधिवेशन हुने भएकाे छ। सूचनाकाे हकका लागि राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले महाधिवेशन गर्न लागेकाे हाे। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा शुक्रबार र शनिबार महाधिवेशन हुने भएकाे आयाेजकले जनाएकाे छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथी रहने सूचनाकाे हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष श्रवण देउवाले बताए । सुदूरपश्चिमका प्रदेशका सचिव तथा कार्यालयहरुका सूचना अधिकारी हरुसँग पनि छलफल गरिने उनले बताए ।
धनगढी : धनगढी हसनपुरमा रहेकाे गाेठालाे डेरीले प्रेम सप्ताह नयाँ तरिकाले मनाईरहेकाे छ। आजसम्म प्रेम सम्बन्धमा नरहेका युवायुवतीका लागि उक्त अफर ल्याएकाे हाे। आफ्ना ग्राहकहरुकाे चिया र केकले मन जित्दै आएकाे गाेठालाेले पछिल्लो समय आफ्ना सेवाहरुमा छुट अफरहरु दिँदै आएकाे छ। गाेठालाेमा आउने ग्राहकहरुले फारम भरेर गाेठालाेका प्रतिनिधिले प्रमाणित गरे ग्राहकलाई एक कप चिया फ्रि दिने अफर ल्याएकाे गाेठालाेले जनाएकाे छ। गाेठालाेले प्रेम सप्ताहभर गाेठालाेकाे केकमा १० प्रतिशत र अन्तिमदिन (भ्यालेन्टाइन्डे) काे दिन २० प्रतिशत छुटकाे पनि व्यवस्था गरेकाे छ। गाेठालाेले काम गर्ने शैलीकै कारण मन्त्री, मेयर, सांसद तथा अन्य ग्राहकहरुकाे हाैसला पाइरहकाे छ।
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको हो । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग, डडेल्धुरा अस्पताल व्यवस्थापन तथा अमरगढी नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको थियो । शिविरमा १ हजार ५ सय जनाले सेवा लिएका आयोजक अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटिल समस्या देखापरेकाले उनीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग,…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन् । चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका छन् । विमानस्थल स्रोतका अनुसार डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाएका छन् । अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले…
धनगढी : सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिका दुई सासंद मन्त्री र राज्यमन्त्री छन् । उनिहरु कार्यालय उद्घाटनकै लागि लफडा गर्छन् । बिहीबार मन्त्रालयकै छेउमा रहेको सहकारी रजिस्टार प्रशिक्षण कार्यालयको नवनिर्मित भवन उद्घाटन भयो । सो भवन मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरे । तर मन्त्रालयकै आँगनमा गरिएको कार्यक्रममा आफूलाई नबोलाएको भन्दै राज्यमन्त्री कैलाश चौधरी फायर भए । उनले आफुलाई बेवास्ता गरिएको गुनासो गरे । राज्यमन्त्री चौधरीले भने, ‘म कार्यालय पुग्दा तामझाम देखे । कार्यक्रम सुरु हुँदै गर्दा मात्रै थाहा पाए भवनको उद्घाटन कार्यक्रम रहेछ । मन्त्रालयको कार्यक्रम रहेछ । मलाई एक घण्टा अगाडि वा एक दिन…
काठमाडौं : सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले प्रक्रिया थालेको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ ।जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक अरुणकुमार चौधरी र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापा बुधबार हाजिर जमानीमा रिहा भएका छन् । भूमिसुधार कार्यालय काठमाडौंका मालपोत अधिकृत बोगराज शर्मा कट्टेलका अनुसार कार्यालयका कर्मचारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रतिनिधिले बिहीबार ग्रान्डी अस्पतालमा पुगी ठाकुरलाई बाटोको म्यादबाहेक २१…
रोल्पा : सर्वोच्च अदालतको फैसलाविपरीत रोल्पाको माडी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’को अवसरमा फाल्गुन १ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जारी गरेको सूचनामा भनिएको छ,‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८०।१०।१७ गतेको निर्णयानुसार ‘जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिने’ निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ यसअघि सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको थियो…
धनगढी : दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्दा दायर गरेका हुन् । स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले गाउँमा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर आह्वान गरेको भन्दै स्थानीयहरुले पालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध मुद्दा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए । स्थानीयहरुको सहमति बिना एक्लौटी रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र भट्टले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ । राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको…
डडेल्धुरा : माघ २३ गते बझाङको बित्थडचिर गाउँपालिका–१ का मोहनबहादुर बोहराको नेपाल टेलिकमको सिम एक्कासी बन्द भयो। उक्त सिम उनको आफ्नै नाममा थियो। प्राविधिक कारणले भएको आशंका गरेका बोहराको सिम मात्रै बन्द भएन बैंक खाता नै रित्तो भयो। अनि झस्किए बोहरा। उक्त मोबाइल नम्बरबाट नविल बैंकको मोबाइल बैंकिङ एप चलाएका थिए, उनले। डडेल्धुरामै रहेका बोहरा एक्कासी सिम बन्द भएर खातामा भएको पैसा रित्तिएपछि टेलिकम डडेल्धुराको अफिसमा पुगे। र, थाहा पाए, अज्ञात व्यक्तिले उनको नाम र मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सोही नम्बरको सिम निकालेको। उनको नविल बैंकको खातामा रहेको ७२ हजार एक सय रूपैयाँ इ(सेवा वालेटमा ट्रान्सफर भएको देखिएको छ।…