धनगढी : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा कप्तानी इनिङ खेलेका देव खनाल आउट भएका छन्। नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका उनी जितनजिक पुगेका बेला आउट भएका हुन्। लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए। तर ५८ रन बनाएको अवस्थामा खनाल आउट भएपछि नेपालमाथि दबाब बढेको छ। उनले ८९ बलको सामना गर्दै ५८ रनको कप्तानी इनिङ खेले। खनाल आउट भएपछि अहिले क्रिजमा सुवास भण्डारी आएका छन्। खनाललाई साथ दिएका दीपक बोहोरा ३० बलमा १८ रनसहित क्रिजमा छन्। सम्हालिएर खेल्न सके नेपाल जितनजिक छ। नेपालले ३७ ओभर खेल्दै ७ विकेटको क्षतिमा…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् । रास्वपा स्थापनादेखि नै लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गरेका हुन् । ‘केही समयका लागि पारिवारिक काममा व्यस्त रहने जानकारी गराउँदछु’, रविलाई छोडेपछि सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन् । सिग्देलले आफ्नो फेसबूकको इन्ट्रोमा पनि ‘स्वकीय निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने’ भन्ने व्यहोरा लेखेका छन् । सचिवालय छाड्नुको कारण भने उनले उल्लेख गरेका छैनन् । तर रवि निकट स्रोतका अनुसार पारिवारिक कारण देखाउँदै सिग्देलले केही समय अघिदेखि नै सचिवालय छोड्ने तयारी गरेका थिए । ग्यालेक्सी टेलिभिजन…
धनगढी : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाली कप्तान देव खनालले अर्धशतक बनाएका छन्। लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका हुन् । उनले ७३ बलको सामना गर्दै ७ चौकाको मद्दतमा अर्धशतकीय पारी पूरा गरेका हुन्। अफगानिस्तनले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ। कप्तान खनालकै प्रेरणामा नेपालले ३२ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११६ रन बनाइसकेको छ। नेपालबाट अहिले क्रिजमा कप्तान देव खनाल ७७ बलको सामना गर्दै ५२ रनसहित क्रिजमा छन्। उनलाई साथ दीपक बोहोरा आएका छन्। उनले पनि खनाललाई साथ दिँदै १९…
धनगढीः : नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको छ। दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्न सम्पूर्ण सक्कली कागजपत्र नियन्त्रणमा लिएको हो। दूरसञ्चार निर्देशनालय स्रोतका अनुसार कबाड बिक्रीको सूचना, ठेक्का प्रक्रिया, सम्झौता तथा बैँकमा रकम जम्मा गरिएका भौचर लगायतका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेशकुमार केशीले अख्तियारले अनुसन्धान सुरु भएको बताए। जिल्ला प्रशासन कार्यालय कैलालीको प्रतिवेदनका आधारमा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ।दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७…
धनगढी : नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेका थिए । नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए । खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए । अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको…
काठमाडौं : कोशीमा भएको फ्लोर क्रसको विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा काँग्रेसबाट भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ। हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो। प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, ‘शेखरले हो शेखरले।’ देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन्। हिजो भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट फ्लोर क्रस भएर गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा…
काठमाडौं : यु-१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानको आठौँ विकेट लिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २०.३ ओभरमा आठौँ विकेट गुमाएको छ। नेपालका दीपेश कँडेलले अफगानिस्तानको आठौँ विकेट लिएका हुन्। कँडेलले अफगानिस्तानका अरब गुललाई पभिलियन फर्काएका हुन्। गुल खाता नै नखोली पभिलियन फर्किए। यसअघि १७.३ ओभरमा भण्डारीले अफगानिस्तानका गाजनफरलाई पभिलियन फर्काएका थिए । गाजनफर २१ बलमा ३७ रन बनाए।
काठमाडौं : यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपालले अफगानिस्तानको सामना गरिरहेको छ। इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तान नेपाली बलर सामु निरीह देखिएको छ। नेपालका फास्टबलर आकाश चन्दले पाँच विकेट लिएका छन्। जारी प्रतियोगितामा नेपालका लागि पाँच विकेट लिने उनी पहिलो बलर बनेका छन्। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरसमेत बनेका छन्। यस्तै गुल्सन झाले पनि एक विकेट लिएका छन् यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ४७रन बनाउँदा ६ विकेट गुमाएको छ।
बैतडी: बैतडीमा वडा कार्यालय सहयोगी मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मण सिह बिष्ट मृत फेला परेका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा आज (शुक्रबार) मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए। बिष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए। अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे लौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। त्रिवि अध्यागमनका प्रमुख गोगनबहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि प्रहरीहरुले दुर्व्यवहार गरेको हो। त्रिवि अध्यामगन स्रोतले आज (शुक्रबार) दिउँसो कर्मचारीमाथि कुटपिट भएको जनाएको छ। प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ। यो बिषयमा विस्तृत विवरण आउन बाँकी छ। अध्यागमनका प्रमुख गोगन हमालसँग सम्पर्क प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। प्रवक्ता झंक ढकालसँग यो बिषयमा जिज्ञासा राख्दा आफू विवाहको कार्यक्रममा भएको कारण विस्तृत रुपमा बुझेर प्रतिक्रिया दिने जबाफ दिएका छन्।