Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् । प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ । साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

Read More

धनगढी : विवादमा अल्झिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीले आफ्नी जेठी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी र सरकार चलाउन आग्रह गरेको जनाएका छन्। फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्। उनले पार्टीका महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार चलाउन आग्रह गरेको बताए। यस्तै रेशमलालले श्रेष्ठसहितको भेटघाटबारे जानकारी दिदै आफूहरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन्। यस्तै उनकी पत्नीसमेत रहेकी श्रेष्ठले पनि आफूहरूबीच कुनै समस्या नरहेको जिकिर गर्दै आएकी छन्। जबकी उनीहरूबीच पहिल्यैदेखि विवाद हुँदै आएकोमा सो विवाद अहिले सर्वोच्च अदालतमा समेत पुगेको छ। सर्वोच्च अदालतले चौधरीले दायर गरेको रिटमा मिसिल…

Read More

बझाङ प्रदेश सभा सदस्य क्षेत्र नं. १ को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए । मुख्य प्रतिस्प्रधी मानिएका एमाले र कांग्रेसका उम्मेदवारले आआफ्नो केन्द्रमा गएर मतदान गरेका छन् । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले छबिस पाथिभेरा गाउँपालिका(१ को जनप्रिय माबि ‘क’ मतदान केन्द्रमा गएर मतदान गरेका छन् । त्यस्तै कांग्रेसका उम्मेदवार अभिषेक सिंहले जयपृथ्वी नगरपालिका(५ लुयाँटा माबि डिलवगर केन्द्रमा मतदान गरेका छन् । निर्वाचन क्षेत्रमा रहेका ३० हजार १९९ महिला र ३१ हजार ५४९ पुरुष मतदाता गरि कुल ६१ हजार ७४८ जनाले मतदान…

Read More

इलाम : इलाम २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको हो । प्रहरीका अनुसार यो समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको पाइएको छ । मतदान केन्द्रभित्रै २ घण्टासम्म सो…

Read More

काठमाण्डौ : निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको माध्यमबाट डिजिटल रुपमा वित्तीय कारोबार गर्दा अरुले ओटीपी, पासवर्ड, बैंक अकाउन्ट नम्बर, पिन कोड, रिसिभिङ टोकन जस्ता विवरण प्राप्त गर्ने सक्ने जोखिम हुन सक्छ । शपिङ मल, होटेल, एयरपोर्ट, रेस्टुरेन्ट, कफी शप, सार्वजनिक यातायात आदि ठाउँमा हुने आधिकारिक वाईफाईको नाम पहिचान गरी वाईफाईसँग दिइएको पासवर्ड…

Read More

काठमाडौँ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदिमा डुबेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। आज (वैशाख १४ गते) धरान उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका–३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदीमा डुबेका थिए । सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो। उनीहरुको अवस्था भने सामान्य रहेको छ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Read More

डडेल्धुराः डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ। जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा पपरेर मृत्यु भएको हो। आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुुनाराको मृत्यु भएको हो। चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढी : नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिहंले बझाङ प्रदेश सभा क्षेत्र-१ मा भइरहेको उपनिर्वाचनमा मतदान गरेका छन्। केही बेरअघि उम्मेदवार सिहंले मतदान गरेका हुन्। बझाङ प्रदेश सभा १ मा कांग्रेसका सिहं, एमालेका दमन भण्डारी, माओवादीका जनक बुढा, समाजवादीका दिलबहादुर सिहंसहित उम्मेदवार प्रतिस्पर्धामा छन्।

Read More

काठमाडौं: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाले सर्भिस सेक्टर ९सेवा क्षेत्र० परिवर्तन गर्न सक्ने भएका छन्। ईपीएस कोरिया शाखाले शुक्रबार सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो। सूचनाअनुसार २०२४ डिसेम्बर ३१ भित्र रोस्टर अवधि समाप्त हुने इच्छुकले सेवा क्षेत्र बदल्न पाउने भएका हुन्। मानव संसाधन विकास ९एचआरडी० कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ। यदि कसैले पहिले रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले…

Read More

काठमाडौं : इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए । निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे । इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

Read More