Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीमा एक शिक्षकको हत्या गरिएको छ । स्थानिय लक्ष्मी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक लक्षी चन्दको हत्या गरिएको हो । चन्दलाई बैतडी घर भएका महेश भण्डारीले ढुङ्गा प्रहार गरेको र उपचारको क्रममा धनगढीमा मृत्यु भएको बुझिएको छ । हत्यामा संलग्न भण्डारी फरार रहेका छन् । भण्डारी खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : डोटी प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नक्कली डाक्टर दार्चुलाको महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन्। उनीहरूलाई डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा मंगलबार दिपायल सिलगढी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो। उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधवार दुवै जनाविरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। डीएसपी भट्टराईका अनुसार दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत…

Read More

काठमाडौं : बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा आज साँझ छ बजे आसपासमा दुर्घटनामा परेको हो । साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए । दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए । घाइतेहरुलाई…

Read More

काठमाडौं : चोरी गर्ने एक युवतीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरको छ। झापा बुद्धशान्ति गाउँपालिका-३ घर भइ सुकेधारा बस्दै आएकी २० वर्षीया अनुष्का मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। मंगलबार दिउँसो सुकेधारा आनन्दनगरस्थित एक घरमा चोरी गरेको उनीमाथि आरोप छ। परिसरका अनुसार मगरले सुनको साढे एक तोलाका दुइटा औंठी, एक तोला बराबरको ब्रासलेट, सिक्री, चुरा लगायत झन्डै आठ तोला बराबरको सुनका गरगहना चोरी गरेको आरोप छ। यस्तै उनले एउटा मोबाइल समेत चोरी गरेको निवेदन परेको छ। प्रहरीले अनुष्काको साथबाट एउटा हाते झोला, सुनको गहना राख्ने बट्टा, सुनजस्तै देखिने ११ ग्राम तौल भएको एउटा सिक्री, सुन जस्तै पहेँलो धातु…

Read More

धनगढी : कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेन्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ। मसाज सेन्टरमा नाबालिकाहरूलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालसहित ५ वटा मसाज सेन्टरको अनुगमन गरेको थियो। अनुगमनको क्रममा सेन्टर प्वाइन्ट नामक स्पाबाट २, हिमालय स्पा, प्यारामाउन्ट स्पा र न्यूभिजन स्पाबाट एक–एक जना गरी ५ जना १८ वर्षभन्दा तलका बालिकाको उद्दार गरिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। अनुगमन गरिएको अर्को एक स्पामा भने बालिका नरहेको उनको भनाइ छ।

Read More

धनगढी : डोटीमा खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्धार झिग्रानामा हावाहुरीले छाना उडाएको छ । अत्याधिक हावाहुरीका कारण राष्ट्रिय निकुञ्जका दुई घर र स्थानियका १ घरको छाना उडाएको हो । घरहरुमा पुर्णरुपमा क्षति भएपनि मानविय क्षति नभएको बुझिएको छ ।

Read More

काठमाडौं : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै बुधबार सफाइ दिएको छ। यसअघि जिल्ला अदालतको आदेशसँगै उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। पाँच महिनापछि सफाइ पाएका सन्दीपले अब आगामी जेठ तेस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी विश्वकप खेल्छन् वा खेल्दैनन् भन्ने क्रिकेटप्रेमीमाझ चासो छ। सन्दीपलाई विश्वकप खेल्नका लागि अमेरिका पठाउने तयारी गरिरहेको क्यानका कोषाध्यक्ष पदम खड्काले बताए। कोषाध्यक्ष खड्काले दुई तीन दिनभित्र सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने बताए। सन्दीपको विषयमा एक दुई दिनमा निर्णय गर्ने पनि उनको भनाइ छ। आइसिसीले आगामी जेठ…

Read More

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

Read More

काठमाडौँ : सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासमा भएको प्रारम्भिरक सुनुवाइपछि बुधबार निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको हो। अन्तरिम आदेश जारी हुने कि नहुने भनेर जेठ ८ गते हुने सुनुवाइपछि मात्र निर्णयमा पुग्ने अदालतले जनाएको छ। निर्वाचन आयोगको वैशाख २४ को बैठकमा भएका विभिन्न निर्णयमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेका भन्ने देखिन आई उक्त विषयमा निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उक्त बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकार्बाही जहाँ जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्न अदालतको आदेशमा…

Read More