Author: महेन्द्रनगर पोष्ट

धनगढीः भारतको पलियाबाट तीन सय ९० ग्राम लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो। प्रहरीले सोमवार राति उनीहरूलाई ३९० ग्राम लागुऔषध, नगद र आइफोनसहित पक्राउ गरेको छ। प्रहरीले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागुऔषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको बताएको छ।

Read More

धनगढी : धनगढीबाट एक बृद्धा बेपत्ता भएकी छन । धनगढी उपमहानगरपालिका ३ वडा कार्यालयबाट सोही ठाउँकी अन्दाजी ६० वर्षीया जलादेवी कुवँर बेपत्ता भएकी हुन । मंगलबार धनगढी–३ नम्बरको वडा कार्यालयबाट उनि हराएको उनका आफन्त मिलन कुवँरले बताए । कुवँरलाई भेट्ने जोकोहीले नेपाल प्रहरी या मोबाइल नम्बर ९८०४६४८३७७ र ९८६५७३८२९६ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Read More

धनगढी : कुरो बझाङको हो, सबैजना घरदैलोमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचनको भोट माग्दै थिए। कोही मतादातालाई रिझाउन थालेका थिए। कोही माईकिङ गरेर प्रचार प्रसारमा व्यस्त थिए। नेपाली काँग्रेसका उम्मेवार अभिषेक बहादुर सिंह, जो सवारी दुर्घटनामा निधन भएका बुवा-आमाको वार्षिकीमा समेत रहेका छन्। उनी पनि सेतो कपडामा सबैलाई मत माग्दै थिए। सडकको छेउमा उम्मेदवार चड्ने गाडी राखिएको थियो। गाडीको अगाडीपट्टी उम्मेदवार सिंहका बुवा स्वर्गीय पृथ्बीबहादुर सिंह र उनकी आमा अमृतादेबी सिंहको फोटोसहितको पम्पलेट टासिसिएको थियो। त्यहीँ छेउमा उम्मेदवार सिंह मतदाता संग कुरा गर्दै थिए। एक्कासी एउटा परेवा आएर उम्मेवार सिंहको फोटो टाँसिएको पम्पलेटमा बसेर उम्मेदवार अभिशेकलाई चिहाई रहेपछि सबैको…

Read More

धनगढी : नेकपा (एमाले) बझाङ जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ । यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् । चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा…

Read More

धनगढीः कैलालीको अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिंदा तीन जना घाइते भएका छन्। गोदावरी नगरपालिका–३ चौकीडाँडामा टेलरले मोटरसाइकललाइ ठक्कर दिँदा तीन जना घाइते भएका हुन्। महेन्दनगरतर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले सुदूरपश्चिम प्रदेश ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो। दुर्घटनामा गौरीगंगा नगरपालिका–३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका–१ का फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घाइतेहरुको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। उनका अनुसार घाइतेहरुलाई धनगढीको निसर्ग अस्पताल पठाउने तयारी भइरहेको छ। टेलर र चालकलाइ प्रहरीले नियन्त्रणमा…

Read More

धनगढी : धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बाटुली धामीको शव आफन्तले बुझेका छन्। बझाङकी ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मंगलबार बिहान ५ बजेको समयमा मृत्यु भएको थियो। अस्पताल स्रोतका अनुसार भर्खर आफन्तले धामी शव बुझेका हुन्। उपचारमा चिकित्सकको लापरबाही नभएको र अपरेसनपछि रगत अत्यधिक बग्दै गएकाले उनको मृत्यु भएको अस्पतालको दाबी छ। यस्तै सोही प्रकरणले अस्पतालमा आज तनाव भएकोमा आफन्त र अस्पतालबीच सहमति भएपछि शव बुझिएको छ। अस्पतालले मृतकको उपचार खर्चसमेत मिनाहा गर्ने र मृतकका सन्तानलाई निशुल्क उपचार गरिदिने सहमति गरेको बताइएको छ। उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए। अस्पतालमा तनाव भएपछि प्रहरी…

Read More

काठमाडौं : वेस्ट इन्डिजले नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा गरेको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ । नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । मार्क देयाल, जोसुवा बिसप र कदिम अलायनले मात्र सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ । कप्तान रोस्टन चेजले वेस्ट इन्डिजका लागि ४९ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । ३२ वर्षीय चेजले अन्तिम पटक गत अक्टोबरमा वेस्ट…

Read More

डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुन् । अघिल्लो…

Read More

धनगढी : डडेल्धुरामा कार दुर्घटना भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । अमरगढी–७ कै केशव भट्टराई र रोशन भट्टराई घाइते भएको बताइएको छ । दुवैको उद्दवार गरि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Read More

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा शुरु हुनेछ । चेन्नई तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ । यो सिजन चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अङ्क जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो । गए राति भएको खेलमा मुम्बईलाई ९ विकेटले हराएको राजस्थान आठ खेलमा १४ अङ्कसहित शीर्षस्थानमा यथावत् छ ।

Read More