Author: महेन्द्रनगर पोष्ट

धनगढी : सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्द्रविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर गरेको हो। सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारको दाबी छ। उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागिसमेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको अख्तियरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली भएको अनुसन्धानबाट…

Read More

धनगढी : बझाङको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेलामा खुलेआम नक्कली नोटको कारोबार भएको भेटिएको छ । छबिसपाथिभेरा गाउँपालिका ३ बान्नी चौरमा लाग्ने मेलामा नक्कली नोट फेला परेका छन् । चैतली मेलामा पसल थापेका छबिसपाथिभेरा गाउँपालिका ३ स्थानीय व्यापारी जानकी बोहरा लगायत १२ जनाव्यापारीले व्यापार गरेको पैसा नक्कली भएको भेटिएको प्रहरीले जनाएको छ । बैशाख ९ गतेदेखि सुरु भएको चैतली मेलामा रातिभर र १० गते बिहानसम्म व्यापार गरि पसल बन्दपछि शंका लागि पैसा गन्दा ३७ थान १ हजारका नक्कली नोट भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उक्त नक्कली नोट फेला पारी व्यापारीले अस्थायी प्रहरी पोष्ट पाटागाउँलाई बुुझाएका…

Read More

कञ्चनपुर : कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा ढिलाई भइरहेको छ । लामो सयमदेखि वन विभागमा जग्गा प्राप्तिको फाइल अड्किदा जग्गा प्राप्तीमा ढिलाई भएको हो । जग्गा प्राप्तीमा ढिलाई हुँदा हाल आयोजनाको काम पनि अघि बढ्न सकेको छैन । दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भई विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद् बाट निर्णय गराउनुपर्ने हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ ।…

Read More

काठमाडौं : न्याय सेवा आयोगले दुई सचिवसहित २८ जनाको सरुवा गरेको छ । आयोगको आज बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको छ भने आयोगका सचिव फणिन्द्र गौतमको मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, विशेष अदालतका रजिष्ट्रार हरिराज कार्कीको सह–रजिष्ट्रारको रुपमा सर्वोच्च अदालतमा सरुवा भएको छ । उनको ठाउँमा जितेन्द्रबाबु थपलियालाई ल्याइएको छ । यता, सहसचिव रामप्रसाद भट्टराई, रामप्यारी सुनुवार, जगदीशप्रसाद भट्ट र विश्वजंग सिजापतिको क्रमशः उच्च अदालत तुलसीपुर, पाटन, विराटनगर र सुर्खेतमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराईलाई कानून मन्त्रालय पठाइएको छ…

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ। २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ। अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ। २०६३ सालमा क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले जानकारी दिए। उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घरपरिवारले टहरा बनाएर क्याम्पसको जमिन ओगटेको छ। ‘हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छौँ, यसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भीक सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो । साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।

Read More

धनगढी: एसपी बिनोद घिमिरे कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुखसमेत रहेका एसपी शर्मा कारबाहीमा परेका हुन्। उनलाई प्रहरी प्रधान कार्यालयले सिन्धुलीको एसपीबाट हटाएको छ। व्यवसायीक तथा आर्थिक अनुशासन कायम उलंघन गरेको भन्दै उनलाई कारबाहीस्वरुप हेडक्वाटर तानिएको छ। स्रोतका अनुसार उनमाथि सिन्धुलीका क्रसरसँग मिलेर असुली धन्दा चलाएको उजुरी परेको थियो। सोही उजुरीपछि उनको सरुवा भएको हो। तर सिन्धुलीमा नयाँ एसपी पठाइएको छैन। शर्माको गत फागुन २ गते सिन्धुलीमा सरुवा भएको थियो। शर्मा यसअघि डिएसपी हुँदा पनि विवादमा परेका अधिकृत हुन्।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले टिकापुर हत्याकाण्डको कुसर माफी मिनाहाले अन्त्य नहुने जवाफ पेश गरेकी छिन् । रञ्जीताले आफूविरुद्धको रिट निवदेन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतलाई ११ बुदे जवाफ पेश गरेकी हुन । उनले जवाफमा फौजदारी अभियोग लागेको व्यक्ति, टिकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति राजनीतिक दलको सदस्य समेत हुन नपाउने उल्लेख गरेकी छिन् । साथै रञ्जिताले टिकापुरमा भएको नाउपाको प्रथम अधिवेशनलाई कथित अधिवेशनको संज्ञा दिएकी छिन् । उनको लिखीत जवाफमा अदालतबाट दोषी ठहर भएका व्यक्ति नाउपाको सदस्य समेत हुन नपाउने विधान रहेको उल्लेख गरेकी छिन् । रेशम चौधरीले नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ तथा…

Read More

धनगढी : बैतडीमा ट्याक्टरले किचेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका १ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। डिलासैनी १ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको थियो। ट्याक्टकरको ढालामा बसेका नरेन्द्र एक्कासि खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला…

Read More

काठमाडौँ : अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई बनाउने निर्णय गरेको हो। खानेपानी मन्त्री राजेन्द्र कुमार राईले मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको जानकारी दिए। मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए। त्यही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पेमेन्ट गेटवे खरिद प्रकरणमा अदालतमा मुद्दा लगेपछि उनी निलम्बनमा परेका थिए। विशेष अदालतले उनलाई सफाइ दिएपछि मन्त्रिपरिषदले अर्थसचिवको जिम्मेवारी दिएको हो।

Read More