Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Read More

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीसहित २१ राजनीतिक दललाई एक साताभित्र लेखापरीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आयोगको आइतबार बसेको बैठकले निर्वाचन लेखापरीक्षण सम्बन्धी विषयमा राजनीतिक दललाई निर्देशन दिने र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो । आयोगका अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलमध्ये आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २०, तोकिएको समयपछि लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एउटा दल गरेर २१ वटा रहेका छन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ९५० बमोजिम…

Read More

धनगढी : कैलालीको टीकापुरमा जुवाखालबाट पक्राउ परेका नेकपा एमालेका जिल्ला नेता प्रकाश खड्कासहित १४ जनालाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलाली झिकाइएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार साँझ एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ नेपालका सुदूरपश्चिम सचिव समेत रहेका खड्का, टीकापुरकै सिद्धराज ठकुल्ला, सुरतबहादुर ओली, रामबहादुर बिष्ट, केशव थापा, जनकराज उपाध्यायलगायत १४ पक्राउ परेका थिए । उनीहरुलाई थप कारबाहीको लागि जिल्ला प्रशासन पेश गर्न लागिएको हो । ईप्रका टीकापुरका प्रहरी नाउव उपरीक्षक विश्वराज अधिकारीले उनीबाट ताससहित २५ हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिए । जुवा ऐनअनुसार उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

Read More

काठमाडौँ : शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ।

Read More

काठमाण्डौ : अन्तर्राष्ट्रिय सगरमाथा दिवस सरकारले यस वर्ष सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिनुभयो । यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको उहाँको भनाइ छ । तर सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस…

Read More

काठमाडौँ : वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत…

Read More

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ । नेपाली ५ रुपैयाँको बैंक नोट छपाइका लागि योग्य सेक्युरिटि प्रिन्टरहरुलाई अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ । सिल गरिएको बोलपत्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटारको कार्यालयमा आफैं उपस्थित भएर वा कुरियरमार्फत (यस बोलपत्रको ४६ औं दिन) नेपाली समय अनुसार दिउँसो…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ। सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ। पृथ्वी बर्सेनी तात्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०.८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै…

Read More

काठमाडौं : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटको आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्तिका चौधरी सर्वोच्च पुगेका हुन्। उनले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन्। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए। सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए। नाउपाका लक्ष्मणकिशोर र कैलाश…

Read More