Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका एकजना एसएसपीको अंतरङ्ग भिडिओ भाइरल भएको छ। हाल पोखरास्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा हाकिम रहेका एसएसपी दिपक रेग्मीको भिडिओ सोसल मिडियामा भाइरल भैरहेको हो। एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल भएको भएको हो। महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो। सो भिडिओमा महिलालाई ती एसएसपी रेग्मीले ‘भाग्यमानी छु भन न’ भनेर भन्दा केटीले, ‘अरुलाई थाहा नभए नि हामी दुईलाई थाहा छ। बिहे गरेर हुने भनेको पनि त्यही नै हो।’ भनेकी छन्। महिलाले चाहिँ संवादको…

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ। सीआईबीले ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीबाट चाँदीका गरगहना बरामद गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन्। गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ। सीआईबीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो। पक्राउ परेका तीनै जनालाई थप…

Read More

काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको छ । स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कुटपिट भएको हो । कुटपिटबाट नेपालको नाकमा चोट लागेको छ । उनको स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ । नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । तर कारण भने खुल्न सकेको छैन ।

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवानमाथि वकिलले हातपात गरेको आरोपमा जाहेरी दर्ता भएको छ । म्याग्दीको बेनी नगरपालिका ५ स्थायी घर भइ हाल काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवान जीवन छिनालले आफूमाथि वकिल नानी थापा भन्ने लक्ष्मी थापाले ड्यूटीका क्रममा हातपात र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका हुन् । असार २३ गते आफू गेटमा ड्यूटीमा तैनाथ भइरहेको अवस्थामा क्लाइन्टसहित थापा सो गेटबाट भित्र प्रवेश गर्न आँट्दा त्यहाँबाट पब्लिकलाई प्रवेश गर्ने आदेश नभएकाले आफूले रोक्न खोज्दा आफूमाथि तथानाम गालीगलौज गर्दै हातपात भएको उनले जाहेरीमा उल्लेख गरेका छन् । प्रहरीले जवानले सीसीटीभी हेर्न र त्यहाँ रहेकाहरुको बयान लिइ अनुसन्धान…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न कार्यक्रममा बोल्दै उपप्रमुख कन्दकला रानाले सामाजिक परिक्षण मार्फत पालिकाको बार्षिक कार्य सम्पादनको लेखाजोखा गरी पालिकालाई अगाडी बढ्न महत्वपूर्ण सुझाव प्रदान गरेको बताइन् । प्रतिबेदनले देखिएका समस्याहरुलाई समाधान गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिइन् । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले सामाजिक परिक्षणको क्रममा देखिएका सुझावहरुलाई योजना सहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । पालिकाको सेवा प्रवाहका बिषयमा तेस्रो पक्षको बिष्लेषण महत्वपूर्ण हुने…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १६, उर्मामा आयोजना गरिएको थियो। सार्वजनिक सुनुवाइ कार्यक्रममा उप प्रमुख कन्दकला राना र प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको गुणस्तर र प्रभावकारिता सुधार गर्न प्रतिवद्धता व्यक्त गरे। सुनुवाइ कार्यक्रममा झण्डै २ सय जना स्थानियहरुको सहभागीता रहेको थियो । जसमा वडा नम्बर १६ का वडाध्यक्ष रामलाल राना र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालको उपस्थिति…

Read More

धनगढी : डडेलधुरामा एक खरिदारले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिकामा प्रशासन सहायक चौथो (खरिदार) पदमा कार्यरत मेखराज जोशीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको तथ्य फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज (आइतवार) विशेष अदालत काठमाडौंमा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरिएको हो। आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार जोशीले भारतको उत्तराञ्चल शिक्षा एवं परीक्षा परिषद्बाट हासिल गरेको हाईस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए। उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टचार गरेको भन्दै भ्रष्टचारको मुद्दा दर्ता गरिएको छ। सोही प्रमाणपत्रका आधारमा उनले खरिदार पदमा नियुक्ति भइ हालसम्म…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काङ्ग्रेस र एमालेले माग गरेका छन्। आज संयुक्त विज्ञप्ति जारी गर्दै काङ्ग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो । केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइएको छ । ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौंकाङ्ग्रेस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिङ रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,’ बहुमत गुमाइसकेको…

Read More

धनगढी : अविरल वर्षापछि सुदूर पश्चिमका पहाडी सात जिल्लामा खसेको पहिरो र तपाईका दुई जिल्लामा आएको बाढी र डुबानका कारण जनजीवन प्रभावित भएको छ । सात वटा पहाडी जिल्ला सडकका बिभिन्न भागमा खसेका पहिरोका कारण यातायात अवरुद्ध भएको छ । कैलालीको कैलारी गाउँपालिकाका केही वस्तीहरु डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको कनरी गाउँमा खुटिया नदी पसेको छ । खुटिया नदी बस्तीमा पसेपछि डुबानमा परेका केही परिवार सुरक्षित आश्रय स्थलमा सरेका छन् । पानीको बहाव बढ्दै गरेका कारण स्थानीय बासिन्दा त्रसित छन् । कन्द्रा र मोहना नदीमा बाढीपछि डुबानमा परेका भजनी नगरपालिकाको ५ र ७ वडाका ४० परिवार हुलाकी सडकमा आश्रय…

Read More

काठमाडौं: सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा डुबानमा परेको छ। अस्तिदेखि लगातार भैरहेको अविरल बर्सातका कारण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खोलाको पुछारमा रहेको थानक्षेत्र डुबानमा परेको हो। सो क्षेत्रमा स्थानीय राज कुमार भट्टका अनुसार घटाल थानक्षेत्र जलमग्न बनेको छ। केही समय अगाडिमात्र घटालका कारिन्दाले त्यहाँ जलधारा पनि लगाएका थिए। जलधारा भन्नाले खडेरी पेरका बेला घटाल बाबासँग पानी माग्ने लगाइने पूजा बुझिन्छ। जलधारा लगाउँदा घटाल थानमा रहेको घट्टमाैरामा घटालका कारिन्दाले पानीले भर्ने गरेका छन्। घटालले चाहेमा ५ घडा पानीले पनि घट्टमाैरा भरिने र नचाहे दिनभर पानी हाल्दा पनि नभरिने गरेको स्थानीयको विश्वास छ। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले…

Read More