Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत…

Read More

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट छाप्नका लागि बोलपत्र आव्हान गरेको छ । नेपाली ५ रुपैयाँको बैंक नोट छपाइका लागि योग्य सेक्युरिटि प्रिन्टरहरुलाई अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ । सिल गरिएको बोलपत्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटारको कार्यालयमा आफैं उपस्थित भएर वा कुरियरमार्फत (यस बोलपत्रको ४६ औं दिन) नेपाली समय अनुसार दिउँसो…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ। सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ। पृथ्वी बर्सेनी तात्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०.८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै…

Read More

काठमाडौं : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटको आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्तिका चौधरी सर्वोच्च पुगेका हुन्। उनले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गरेका छन्। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए। सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए। नाउपाका लक्ष्मणकिशोर र कैलाश…

Read More

धनगढी: नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर फ्रान्स उडेका छन्। आज (सोमबार) उनी फ्रान्सका लागि उडेका हुन्। फ्रान्समा ईन्टरपोल महासचिवालयको आयोजनामा १३ गतेसम्म आयोजना हुने कार्यक्रमका लागि उनी त्यहाँ गएका हुन्। इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेको बताइन्छ। उनको गैरहाजिरीमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी भने (एआइजी) टेकप्रसाद राइले सम्हालेका छन्। हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ। साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता…

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ । स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप…

Read More

धनगढी: नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएका हुन्। बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ। प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ। जसमा सुदूरपश्चिमस्थित कञ्चनपुरका पनि एकजना प्रहरी रहेका छन्। उनीहरुले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर नभए सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयको चेतावनी छ।

Read More

धनगढी : नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा हुने भएको छ। नियमित सरुवा अन्तरगत देशभरका इन्सपेक्टरहरुको सरुवा हुन लागेको हो। समयावधि पुगेका इन्सपेक्टरहरुको सरुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आजभोलिमै सरुवा निस्किने छ। यस्तै विवादित तथा आर्थिक चलखेलमा संलग्न इन्सपेक्टरहरु पनि समय नपुग्दै तानिनसक्ने देखिएको छ।

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेड एक क्याप्टेनलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार ती क्याप्टेनले उडानका दौरान अस्वीकार्य र अनाधिकृत गतिविधि गरेका थिए । उनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको हो । प्राधिकरणले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More