Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार अवलोकन भ्रमण गरेका छन्। अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे । अवलोकन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध…

Read More

सुर्खेत : रुकुम पश्चिमको भड्नीगारे सामुदायिक वनमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका-३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेकी छन् । पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले उनको शव जिल्ला अस्पताल सल्लेमा ल्याइसकिएको बताए । प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि आगोले नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा भने आएको छैन । त्यहाँ अहिले प्रहरीको रोहवरमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ शुकासालका सवारी ज्यान मुद्दामा दोषी ठहर करन चन्द पक्राउ परेका हुन्। उनी जिल्ला अदालत कञ्चनपुरको २०८० माघ ८ गतेको फैसलाबाट दोषी ठहर भएका थिए। २ महिना ८ दिन कैद र ७० हजार जरिवाना तोकिएका चन्द फरार थिए। फरार चन्दलाई शुक्रवार प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए।

Read More

काठमाडौँ : रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी ९नाउपा० गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए । उनी निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै भएको ठहर गरेको थियो । सो निर्णय विरुद्ध चौधरी सर्वोच्च गएका थिए ।

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनशिपमा रोमाञ्चक जित दर्ता गरेको छ। आइतबारको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई ३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो। कोशी प्रदेशले भने प्रतियोगितामा लगातार तेस्रो हार व्यहोरेको छ। सुदूरपश्चिमले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोसी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५१ रन मात्र बनाउन सक्यो। कोसीका लागी श्रवण यादव ४६ र दिपेश कंडेल २१ रनमा नटआउट रहे। मिनस थापाले ३४ तथा समीर कार्कीले २२ रन थपे। सुदूरपश्चिमका नारायण जोशीले २ विकेट लिए। नरेन साउद र बसन्त खत्रीले समान १ विकेट झारे। त्यसअघि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई गरिएको नियुक्ति गैरसंवैधानिक दाबी गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरी रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले पहिलोपल्ट गरेको आह्वानअनुरूप आफ्नो पक्षमा स्पष्ट बहुमत प्रस्तुत गरे पनि उक्त प्रक्रिया बीचैमा रद्द गर्नु र पुनः आह्वान गर्नु असंवैधानिक दाबी गरेका छन्। उनले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका छन्। लक्ष्मणकिशोरले वैशाख २ गते नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सोही दिन नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीको समर्थनमा दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले ३ दिनपछि उक्त दुवै दाबीमा स्पष्ट…

Read More

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा आइतबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति उनले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” उक्त आक्रमणमा परेर घाइते भएका र अरू…

Read More

काठमाडौं : भारतका विभिन्न राज्यका प्रहरी विभागहरूले गर्मीका बीच सडकमा खटिने आफ्ना ट्राफिक कर्मचारीहरूका लागि वातानुकूलित हेल्मेट दिने बताएका छन् । हेल्मेटले ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा शितल महशुस गराउने र आँखालाई सूर्यको प्रकाशबाट जोगाउन सहयोग गर्ने अधिकारीहरुले बताएका छन् । हेल्मेटले कम्मरमा फिट गरिएको ब्याट्रीबाट काम गर्दछ । यसमा चार्जिङ प्वाइन्ट रहेको छ र एक पटक पुरा चार्जमा गरेपछि आठ घण्टासम्म चल्ने बताइएको छ ।

Read More

धनगढी : नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीमबहादुर रावललाई पार्टीका गतिविधिमा निषेध गरिएको पाइएको छ। पार्टीका अधिवेशनदेखि गोदावरीको सनराईज हलमा हालै थालिएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि उनलाई निषेध गरिएको हो। स्रोतका अनुसार पार्टीको गत महाधिवेशनपछि जिम्मेवारीविहीन रहेका रावललाई बैठकको निम्तो पनि दिइएको छैन। बैठकमा जाने इच्छा हुँदाहुँदै पनि पार्टी कमिटीले उनलाई कुनै औपचारिक जानकारी नगराएको बुझिएको छ। यतिसम्मकी नबोलाएपनि जाने योजना बनाएका रावलको बैठकका लागि परिचयपत्र नै बनाइएको छैन। बैठकमा प्रवेशका लागि परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताएका छन्। परिचयपत्र नबनेपछि बैठकमा छिर्न खुसामत गर्नुपर्ने बाध्यता हुने भएकाले आफू नगएको उनले बताए। पछिल्लो…

Read More

धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटाउने चेतवनी दिइकी छिन् । आईतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन । ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन । पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु’ रञ्जीताले भनिन । नागरिक उन्मुक्तिभीत्र विवाद भएपछि उसका ७ जना मध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए । पत्रकारहरुले ५ जनालाई कारवाही हुन्छ त ? भनेको प्रश्नमा उनले थपिन, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो ।…

Read More