काठमाडौं : तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिक-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो। बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर : कञ्चनपुरमा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ । बुधबार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका -१ बैशाखीबाट भे१ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्रली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए । प्रहरी देख्दा चालक भागेको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।
काठमाडौं : नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज (बिहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।
कैलाली : कैलालीको टीकापुरबाट लागूऔषसहित तीन जना पक्राउ परेका छन्। टीकापुरको–९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागुऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन्। त्यस्तै टीकापुर–५ का २० वर्षीय विकास पुनमगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशामा खटिएको प्रहरी टोलिले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले बताए।
बेदकोट: महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ। अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। ‘बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ। रुख कटानको आदेश आएको छ’, आयोजना प्रमुखले भने, ‘ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ।’ डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ। डडेल्धुरा खण्डमा दुई हजार छ रुख काट्नुपर्नेछ। बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ। दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको…
बाजुरा : बजुरामा गर्भवती महिलाको बलात्कार मुद्दालाई लिएर भ्रम फैलाउनेलाई कानुनी कारबाही गरिने बताइएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी कविन्द्र बोहोराले महिलाको मुद्दा दर्ता गर्न आलटाल गरेको तथा बिना गल्ती पीडित महिलाका श्रीमान र देवरलाई थुनेको झुटा आरोप लगाएर सामाजिक संजालमा भ्रम फैलाउनेलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो । महिलामाथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भइ आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सिंह २ जनामाथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर…
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना…
बझाङ : जिल्लाको दुई पालिकामा खेलकुद समिति गठन भएको छ । केदारस्युँ गाँउपालिकामा हरिष मल्ल (साजन)को संयोजकत्वमा ४ सदस्य समिति गठित भएको हो । यसैगरी साईपाल गाउँपालिकामा रन्धोज धामीको संयोजकत्वमा ३ सदस्य समिति गठन भएको जनाएको छ । एक जना मनोनयन गर्न बाकि रहेको समितिले जनाएको छ । दुर्गाथली गाँउपालिकाबाट पनि खेलकुद समितिको नाम सिफारिश भएर जिल्ला खेलकुद समितिलाई बुझाएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए । बाकी रहेका ९ वटा पालिकाले पनि एक हप्ता भित्र सबै पालिकाले शिफारिस गरिदिन समेत अध्यक्ष रोकायाले आग्रह गरेका छन् । यी हुन् ०८० साल पौष १६ गते भएका निर्णयहरु:
दार्चुला: नेकपा एमाले दार्चुलाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ ।बुधबार आज जिल्ला सदरमुकाम स्थित दार्चुला विकास संगठनको प्राङ्गगणमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रमलाई नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत पार्टीका केन्द्रीय सचिव सुदुरपश्चिम प्रदेश इन्चार्ज छबिलाल विश्कर्मा, लगायत सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण जौशी लगायतका नेताहरुले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवंम पोलिट ब्युरो सदस्य पुर्वमन्त्री कैलाली जिल्ला इन्चार्ज गणेश सिह ठगुन्ना नेकपा एमाले केन्द्रिय सदस्य एवंम् दार्चुला जिल्ला ईन्चार्ज सहदेब बोगटी,…