Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगर बजारमा ललिता हेयर एण्ड ब्यूटी एकेडेमी संचालनमा आएको छ। जिल्लाको भीमदत्त नगरपालिकास्थित बजारको १८ गल्ली नम्बर ३ फ्रिलाईनमा ललिता हेयर एण्ड ब्यूटी एकेडेमी संचालनमा आएको हो। मंगलबारदेखि उक्त हेयर एण्ड ब्यूटी एकेडेमीको भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले उद्घाटन गरेकी छन्। सो एकेडेमीकी संचालक कविता नेगी (ऐर) ले वर्तमान बजारको मागअनुरुप सेवा संचालनमा ल्याएको बताईन्। उनी झण्डै १८ वर्षदेखि ब्यूटीसियन पेशामा छिन्। उनले आफ्नो एकेडेमीबाट ब्यूटी, हेयर र नेल सम्बन्धि तालिम पनि संचालन गर्ने जनाएकी छन्। यस्तै उद्घाटनका क्रममा भीमदत्त नगरकी उपप्रमुख लेखकले महिलाहरुले व्यवसाय शुरु गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुपर्ने बताइन्।

Read More

धनगढी : सोमबार राति कैलालीको चिसापानीबाट अपहरणमा परेका गाडीका सह–चालक लोकेन्द्र चौधरी अपहारकारीबाट फुत्किएर घर पुगेका छन् । राति करिब १० बजेबाट उनलाई केही युवाहरूले आफूसँगै लगेका थिए । मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट बेपत्ता पारिएका चौधरी केही बेर अघि आफै घर पुगेका छन् । उनका अनुसार बिहान करिब ५ः३० बजे उनी ती युवाबाट फुत्किएका हुन् । ‘मलाई दुई जनाले नियन्त्रणमा लिइरहेका थिए ,एक जना भाग्न साधन खोज्न लागे अर्कोलाई तिर्खा लाग्यो भनेर पानी खोज्न जाँदा म उनीहरुको आँखा छलेर फुत्किए’ उनले प्रहरीलाई सुनाए । सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा…

Read More

काठमाडौं : सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ। कांग्रेसबाट समिति सदस्य रहेका बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि रिक्त रहेको सदस्यमा कांग्रेसले बडूलाई पठाएको हो। सहकारीहरूमा समस्या देखिएपछि छानबिनका लागि गत जेठ १५ मा संसदीय छानबिन समिति गठन भएको थियो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

Read More

काठमाडौँ : न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बेठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो। न्याय परिषद्का अनुसार, उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा गरिएको हो। एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरूलाई सरूवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए।

Read More

धनगढी : बैतडीका एक युबकको भारतमा मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सल्ला चमतडाका २४ वर्षीय सुरेश साउँदको भारतको हरियाणामा गाडी दुर्घटनामा परेर मृत्यु भएको उनका दाई मोहन जोशीले बताए। सुरेश ५ बर्ष पहिला देखीनै भारतको एक होटेलमा काम गर्थे। डिउटीबाट कोठामा जानेबेला उनलाई आईतबार राती गाडीले ठक्कर दिएको थियो।

Read More

काठमाडौं: नेपाल प्रहरीतर्फको प्रहरी सहायक निरीक्षक (असई) को लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। प्रहरीको असईको २०८०-०८१ को खुला तथा समावेशी तर्फको लिखित परीक्षाको नतिजा लोकसेवा आयोगले आज प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नतिजा

Read More

काठमाडौँ- हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन्। साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन्। ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए। शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन्। उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ। नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए। उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट ‘ट्रु स्किन’को लन्चमा सहभागी हुने छिन्। ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो ।…

Read More

धनगढी : कैलालीमा युवाकाे समूहले दाउरा बाेकेकाे जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् । साेमबार राति करीब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको भे १ च ३७१४ नम्बरको बाेलेराे जिप नियन्त्रणमा लिएर चालक र जीप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएकाे छ । कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चाैधरीमाथि कुटपिट भएकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजकाे लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै…

Read More

धनगढी: नेपालको जासुसी संस्था मानिने प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको धनगढीमा प्रादेशिक कार्यालय बन्ने भएको छ। धनगढीस्थित विभागको हाल कायम रहेको कार्यालय क्षेत्रमै थप सुविधासम्पन्न प्रादेशिक भवन कार्यालय बन्ने भएको हो। जसका लागि डीपीआरसमेत भैसकेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अब जासुसहरुको प्रदेश कार्यालय साढे २ तले बन्ने छ। सो प्रक्रिया सोइल टेष्ट भएर डीपीआरसमेत सकाएको अवस्थामा रहेको छ। अब यहीँ आर्थिक वर्षमा निर्माणका लागि टेण्डर आह्वान हुने छ। जसको पूरा लागत ७ करोड अनुमान गरिएको छ। सो कार्यालय प्रधानमन्त्री कार्यालयको बजेटमा बन्ने लागेको हो। यसपालि मात्र त्यसका लागि ३ करोड २० लाख बढी रकम आएको बताइन्छ।…

Read More

धनगढी : दार्चुलाको लेकम गाउँपालिका स्वास्थ्यकर्मी लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरमा पक्राउ परेका छन् । गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत पुरोषत्तम जोशी असार ९ गते भीमदत्त नगरपालिका-९ गड्डाचौकीबाट पक्राउ परेका हुन । जोशीको साथबाट प्रहरीले २.६५ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ । पालिका वडा नम्बर ६ आधारभुत स्वास्थ्य सेवा केन्द्र तेलिगाउमा करारमा कार्यरत जोशी स्वास्थ्य केन्द्र प्रमुख हुन् । जोशी अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे हिरासतमा छन् । जोशीविरुद्व लागूऔषध ओसारपसारमा मुद्दा दर्ता भइसकेको र अनुसन्धान अगाडि बढेको डिएसपी उमेशराज जोशीले बताए ।

Read More