काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको हातपात भएको घटनाको छानबिन सकिएको छ। बुधबार सहसचिव एवं छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्। उक्त समितिले विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरेको छ। यसबारे प्रहरी प्रधान कार्यालय नक्सालले प्रक्रिया अघि बढाउने तयारी छ। त्यस्तै अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ। उनलाई त्यहाँबाट हटाएर गृह मन्त्रालयमा तान्ने र आचरणको कारबाही समेत गर्न सिफारिस गरिएको स्रोतले बतायो। उनीमाथि कुटपिट गरेको आरोप लागेका प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई विभागीय कारबाहीका लागि सिफारिस समेत भएको छ। त्यसैगरी कमान्ड राम्ररी नगरेको भन्दै…
धनगढी : नेपाल आयल निगमले मध्यरातदेखि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ बढाउने भएको छ । आज राति १२ बजेपछि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय भएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँ भाउ बढाउन लागिएको हो । नयाँ भाउअनुसार काठमाडौं र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर एक हजार ९१५ रुपैयाँ तोकिएको छ ।
धनगढी : स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो । स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व–मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दावी गरेको छ । यस्तै, समन्वय तथा सहकार्यमा ९१.६७ प्रतिशत, बार्षिक वजेट तथा योजना व्यवस्थापन प्रतिशत, बित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१, सामाजिक समावेशीकरणमा ९० प्रतिशत र बातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले भू–उपयोग नीति कार्यान्वयनमा ल्याउनु पर्ने बताएका छन् । भूमि व्यवस्था मन्त्रालय र ह्याविटेट फर ह्युमानिटी नेपालको आयोजनामा धनगढीमा बुधबार भएको प्रदेश स्तरीय भूमि आवास तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश स्तरीय नीतिगत संवादमा बोल्दै मन्त्री चौधरीले जग्गा वर्गीकरणको जिम्मा पालिकालाई दिइएकाले पालिकाले ती काम कुशलतापूर्वक पूरा गर्नुपर्ने बताएका हुन्। उनले कैलालीमा प्राकृतिक तालतलैयाको उपयोग गर्दे जैविक विविधतालाई कायम राखेर माछा पालन गरेर समेत भू–उपयोग गर्नुपर्ने बताए । खेतीयोग्य जमिन मासिँदै गएपछि खाद्यान्नमा परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको बाँझो जग्गालाई उपयोग गर्नुपर्ने…
धनगढी : बझाङको बुङ्गल नगरपालिकामा सात बर्षपछि सार्वजनिक सुनुवाइ भएको छ । जिल्लामा कहिल्यै सार्वजनिक सुनुवाइ गर्ने पालिकाको रुपमा रहेको बुङ्गलले बुधबार पहिलोपटक सार्वजनिक सुनुवाई गरेको हो । नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने विषयमा सार्वजनिक रूपमा नै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनिक सुनुवाइमा सहजिकरण पत्रकार महासंघ जिल्ला शाखा बझाङले गरेको छ । लामो समयसम्म नगरपालिकामा सार्वजनिक सुनुवाइ नभएपछि स्थानियहरुले सार्वजनिक सुनुवाइ आवाज उठाउदै आएका थिए । बुधबार नरपालिकाले खुल्ला चौरमा सार्वजनिक सुनुवाइ गरेपछि नेकपा…
धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।
धनगढी : धनगढीमा आरोमा कम्पनीको इलेक्ट्रोनिक स्कुटरमा चलाउँदा चलाउँदै आगलागी भएको छ । बुधवार साँझ करिब ४ः५५ बजेको समयमा सहिद गेटस्थित छ लाइन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो । स्थानिय कृष्ण प्रसाद शर्माको सुपप्र ०१० ११ प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको हो । उक्त स्कुटरमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
धनगढी : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका बेला पुनर्वास नगरपालिका–१, पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । करेन्ट लागेर घाइते भएका रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । पुर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत् प्राधिकरणबाट ठेक्का लिई लाइन अपग्रेडिङको काम गरिरहेको थियो । मृतक राना कामदार रहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले जानकारी दिए ।
काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४…