Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बिना कसैलाई समर्थन नगर्ने बताएका छन् । रावलले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बिषयमा आफुलाई पार्टी नेतृत्वको निर्देशन नआएको बताएका हुन । उनले आफुलाई पार्टी नेतृत्वबाट आधिकारिक रूपमा निर्देशन आएपछि मात्रै मुख्यमन्त्रीको लागि संसदीय दलले निर्णय गर्ने दाबि गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले वैशाख ४ गते दिउँसो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी जुटाएका थिए । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीलाई बिच्किन नदिन उनीहरूले सो निर्णय गरेका थिए। सोहीअनुसार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेका एकीकृत…

Read More

धनगढी : सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा सुदूरपश्चिममा प्रभावित भएको हो। बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्। नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ। फाइबर काटिनुको कारण खुलेको छैन। नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको छ। तर, उनीहरू फाइबर काटिएको ठाउँ पुगेका छैनन। प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए। सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन।

Read More

 काठमाडौँ : साउदी अरबलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले अपराजित रहँदै एसीसी प्रिमियर कपको सेमिफाइनल खेल्ने भएको छ।  साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालसँगको हारसँगै साउदी अरेबियाको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ। साउदीको हारले नेट रनरेटमा अघि रहँदै हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। नेपालका लागि कप्तान रोहित पौडेल १६ र र गुल्सन झा ३२ रनमा नटआउट रहे। दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट हुन पुगे। ओपनर कुशल भुर्तेल शुन्य र आशिफ शेख २ रनमा आउट भए। कुशल मल्ल २ रनमा नै पेभेलियन फर्के। त्यसअघि ओमानको अल अमरेट क्रिकेट…

Read More

धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए । त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् । सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् । तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र…

Read More

धनगढी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’ उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ । सीमा…

Read More

काठमाडौं । बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ ।प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो । चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ । अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो ।

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनलाई सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार थिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन्न ।

Read More

काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Read More

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता चीन जान लागेका छन । महासचिव देव गुरुङको नेतृत्वमा दुई वटा उडानबाट सिचुआन प्रान्तको छन्तु प्रस्थान गर्न लागेका हुन । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जनाको यात्रा प्रबन्ध मिलाइएको छ । सिचुआन एअरलाइन्सको उडानमा महासचिव गुरुङ,अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की र विमला केसी जान लागेका हुन । सोही उडानमा जगत बिएस,गीता गहतराज,ईश्वरचन्द्र ज्ञवाली,गायत्री गुरुङ,दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव पनि छन । मध्यान्ह १२ः०५ बजेको एअर चाइनाको उडानमा भने कृष्णकुमार…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले चार जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ४ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चेक अनादर मुद्दामा एक हजार जरिवाना ठहर भएका धनगढी-१५ का नरसिंह चौधरी र कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका भानु चौधरी रहेका छन् । त्यस्तै बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी-९ का हरिलाल भण्डारी र लागूऔषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी-६ का ललित कडायत रहेका…

Read More