काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका हुन् । “सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।” हिमालदेखि तराईसम्मका कठिन भौगोलिक…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर : प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य पुरस्कृत भएका छन्। मंगलबार सशस्त्र प्रहरी बलको २३औँ स्थापना दिवसको अवसरमा वैजनाथ बाहिनी अत्तरियाले डिएसपी आचार्यलाई उत्कृष्ट गुल्मपति अवार्ड प्रदान गरेको हो। सुदूरपश्चिम प्रदेशभर सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका युनिट (प्रस्तावित गुल्म, बिओपी र बेस) मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरिबाटै उत्कृट कार्य सम्पादनमा छनोट भएको थियो। उत्कृष्ट कार्य सम्पादन गरेकोमा गुल्मका इन्चार्ज डिएसपी आचार्य सम्मानित भएका हुन्। आचार्यलाई मुख्यमन्त्री कमलबहादुर शाह र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले पुरस्कृत गरेका थिए। डिएसपी आचार्यले आफ्नो नेतृत्वमा सीमामा हुने…
डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाले पालिकाअन्तर्गत कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले मंगलबारदेखि ट्युसन कक्षा सञ्चालन गरेको हो। पालिका भित्र रहेका कक्षा ८ र १० मा पढ्ने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। उनका अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन हुनेछ। गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने भएको छ। अतिरिक्त कक्षामा अध्यापन गराएबाफत शिक्षकलाई एक विषयको प्रति विद्यार्थी तीन सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका शिक्षा अधिकृत रविकुमार चौधरीले जानकारी दिए। उनले मंगलबारदेखि सुरु…
दार्चुला : दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास गरिएको छ। भारतसित सीमा जोडिएको दुम्लिङमा एक कार्यक्रमबीच बीओपी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले शिलान्यास गरेको हो। दुम्लिङ बीओपीमा जवान ब्यारेकसँगै सोकपिक, सेप्टिक ट्यांक तथा अन्य संरचना निर्माण गरिने सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति डम्मरसिंह विष्टले बताए। बीओपी ब्यारेकमा ४ कोठा निर्माण गरिने छ। जगदम्बा निर्माण सेवा प्रा।वि।ले ८९ लाख २८ हजार बढी लागतमा निर्माण गर्नेछ। चालु आर्थिक वर्षभित्रै ब्यारेक भवनलगायत सम्पूर्ण संरचना निर्माण गरी सक्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको दुम्लिङ बीओपी इन्चार्ज जयबहादुर महताले बताए। अहिले दुम्लिङ बीओपी स्थानीयको घर भाडामा लिई…
धनगढी: डोटीबाट प्रतिनिधित्व गर्दै प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन्। यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन्। सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको औँल्याए।
धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा तालाबन्दी गरिएको छ। आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका हुन्। अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका हुन्। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।
धनगढी : कैलालीमा एक जना चरेससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-५ गेटाका रामनाथ राना रहेका छन्। रानालाई आज (मंगलबार) दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले समातेको हो। उनी सेप ९६६८ नम्बरको मोटरसाइकलको बायाँ पट्टि लेगगाडमा चरेस राखेर गेटाबाट राजपुर बिक्रीका लागि गइरहेको अवस्थामा पक्राउ परेका हुन्। उनको साथबाट ८६० ग्राम लागूऔषध चरेस फेला पारेको प्रहरीले जनाएको छ। उनलाई अहिले इलाका प्रहरी मालाखेतीमा बुझाइएको छ। थप अनुसन्धान भइरहेको छ।
काठमाडौं : महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेका छन्। नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। ब्युरोले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको थियो। भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए। पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो। त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र…
धनगढी : नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता भएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएपछि छानबिनको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघले प्रशासनमा निवेदन दिएको हो। नक्कली टिकटको विवाद बारे उचित छानबिनको माग गर्दै निवेदन दर्ता गराएको संघका महासचिव शंकर खड्काले जानकारी दिए। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए। र, यो पनि : अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट फेला
डडेल्धुराः डडेल्धुरामा मजदुर ठगिएका छन्। जिल्लाको आलिताल गाउँपालिका–७ का २० जनाभन्दा बढी मजदुर ठगिएका हुन्। आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजना कार्यान्वयनको दौरानमा डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दिर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित अमर धामीले बताए। उनका अनुसार यी निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएका थिए। तर, गत वैशाखमा काम गरेको भएपनि ज्याला नपाएको पीडितको भनाइ छ। ‘गत वर्ष बैशाखदेखि काम गरेका हौं। काम गर्ने २०/२२ जना हौं। पेटी ठेकेदार मार्फत हामीले काम गरेका हौं,’ उनले भने। पीडित १० जना मजदुरले ज्याला ठगी गरेको र आफूहरूले ज्याला नपाएको…