धनगढी: कैलालीको धनगढीमा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सब मनाइदै छ। हिजो (शुक्रबार) बाट बैंकको ५९ औं वार्षिकोत्सब मनाउन थालिएको हो। सुदूरपश्चिमभरका शाखाहरुसहितले बैंकको प्रादेशिक कार्यालय रहेको धनगढीमा वार्षिकोत्सब मनाइरहेको बैंकका प्रादेशिक प्रवन्ध राजेन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार हिजो रक्तदान कार्यक्रम गरिएको थियो। जसमा १०० जना कर्मचारीले रक्तदान गरेको उनले बताए। यस्तै आज (शनिबार) बिहान प्रभातफेरी कार्यक्रम, स्वास्थ्य शिविर खेलकुदका कार्यक्रम गरिएको छ भने वार्षिकोत्सबको दिन माघ १० गते सबै कार्यक्रम समापन गरिने बताइएको छ। सुदूरपश्चिममा २४ शाखा रहेको यस बैंकको राम्रो नाफा, निक्षेप र कर्जा प्रवाह रहेको बुझिन्छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । ‘खोप प्रयोग नभएपछि म्याद सकिएको छ,’ उनले भने, ‘धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।’ प्रवक्ता डा बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटा भट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर…
काठमाडौं : मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । यो सँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले । एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी…
धनगढी : कञ्चनपुरको बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दादागिरी शैलीमा हातहतियार सहित आएर सीमाङ्कन गर्ने प्रयास गरेका छन । एसएसबीले आज बिहान जिल्लाको बेलौरी नगरपालिका –१० भुडा स्थित हातहतियार सहित नेपाली भूभागमा सिमाङ्कनको प्रयास गरेका हुन । नेपाल तर्फ जानकारी बिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा हतियार सहित एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए । सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए । तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन । जिल्लाको दक्षिणी क्षेत्रमा बिगत देखि सीमा बिवादको समस्या छ । २०७६ तिर भारतीय…
धनगढी : माओवादी निकट जनसांस्कृतिक महासंघका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले सुदूर पश्चिममा माओवादी निकट कसैलाई पनि राजनीतिक नियुक्तिमा अवसर नदिएको आक्रोशमा महासंघ छाडेको बताएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री सुदन किराँतीले नेपाल प्रज्ञा प्रतिष्ठान,संगीत तथा नाट्य प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,साँस्कृतिक संस्थान र नेपाल ट्रष्टमा सुदूर पश्चिमका कसैलाई पनि अवसर नदिएको उनीहरुको आरोप छ । हिजो बुझाइएको सामूहिक राजीनामामा पार्टी अध्यक्षको नेतृत्वमा रहेको वर्तमान सरकारले त्यस्ता नियुक्तिमा सबै प्रदेशबाट प्रतिनिधित्व नगराएको उल्लेख छ । कुनै प्रदेशबाट धेरै जना र कुनैबाट शून्यको स्थितिमा भएको नियुक्तिलाई उनीहरुले एकात्मक सामन्ती व्यवस्थाको संज्ञा दिएका छन् । लेखिएको…
धनगढी : कलाकार ध्वज महराले ल्याएको देउडा गीत ‘गडबड गाउँपालिका’ को म्युजिक भिडियो विवादीत बनेपछि युटुबबाट हटाइएको छ। महरा र भाइरल देउडा गायिका इब्सल सञ्ज्यालले गाएको ‘गडबड गाउँपालिका’ गितको म्युजिक भिडियोमा राखिएको ‘हरुवा ढाँट’ शब्दलाई लिए ढाँट समुदायका मानिसले आपत्ती प्रकट गरेका थिए। उनीहरूले म्युजिक भिडियोको विरोध गर्दै गायक महरालाई अनेक धम्की समेत दिइएपछि विवाद कैलाली प्रहरीमा पुगेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका–७ घर भएर हाल धनगढी बस्दै आएका तुलाराम ढाँटले ‘हरुवा ढाँट’ शब्दलाई लिएर ‘ढाँट’ समुदायको अपमान भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि अरुले समेत विरोध जनाएका थिए । सोही विषयलाई लिएर गायक ध्वज महरालाई लक्षित गर्दै अपशब्द लेखेर गालीबेइज्जती…
बैतडी : बैतडीमा चितुवाको बच्चा मृत फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–७ को कोइराली सामुदायिक वनमा चितुवाको बच्चा मृत फेला परेको हो। हिजो (शुक्रबार) बेलुका ५ बजेको समयमा स्थानीयहरुले वनमा चितुवाको बच्चा मृत फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार बिहान डिभिजन वन कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले मृत चितुवाको बच्चलाई मृत फेला परेको स्थानबाट डिभिजन वन कार्यालयमा ल्याएर व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। चितुवाको बच्चा करिब ५ महिनाको रहेको बुझिएको छ। मृत्युको कारण खुल्न सकेको छैन्।
दार्चुला : दार्चुलामा पनाती पाइसकेका एक दम्पत्तीले बुढेसकालमा धुमधामसँग बिहे भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–६ मज्जे बस्ने ८० वर्षीय राइसिंह धामी र ७० वर्षीय बिन्दु धामीले बुढेसकालमा धुमधामसँग बिहे गरेका हुन्। पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग बिहे गरेको पारिवारीक स्रोतले जनाएको छ। छोराछोरी, नाती, पनातीहरूले उनीहरूको बिहे गराइदिएका हुन्। दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै विधि पूरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित बिहे गरेका बताइएको छ। हिजो (शुक्रबार) बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि…
काठमाडौं : भोलि मकवानपुरको हेटौंडा जान लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागतको तयारी गरेको छ। हेटौंडाका धार्मिकस्थलको अवलोकन तथा पूजा आरधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि जान लाग्नुभएका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला समितिको हिजो बसेको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँड गरेको छ। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ, हामी तयारीमा जुटिसकेका छौं,’ अध्यक्ष सापकोटाले भने। पूर्वराजालाई भोलि मध्यान्ह १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ। पूर्वराजा हेटौंडा–१३, पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि…
धनगढीः अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ। जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको हो। महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए। अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ। उद्योग वाणिज्य संघका महासचिव…