डडेल्धुरा: डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुुँदा दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३ः५० बजेतिर परशुराम नगरपालिका–९ नौलास्थित दैजी–जोगबुढामा जिप दुर्घटना भएको हो। परशुराम नगरपालिका–११ एक्लेगडाका २४ वर्षीय प्रकाश कुँवरले चलाएको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुको दैजीबाट जोगबुढातर्फ आउँदै थियो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यायल डडेल्धुराले जनाएको छ। जिपमा चालकसहित १२ जना सवारमध्ये दुई महिलाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी छ। घाइतेहरूलाई उपचारको लागि जोगबुढा अस्पतालको दुईवटा एम्बुलेन्सद्वारा कञ्चनपुरतर्फ पठाएको…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका-९ स्थित दैजी-जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा ७ जना घाइते भएका छन्। ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। मृतक दुबै महिला रहेको बताइएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
धनगढी: कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार राति गोदावरी नगरपालिका–४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालक बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको मृत्यु भएको हो। बस मुनी च्यापिएर गम्भिर घाइते भएका जप्रेलको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक काठमाडौंमा सकिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा हिजो (सोमबार) सकिएको हो। बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण,लागु औषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण,सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरूको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ। समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृत मोहन प्रसादले…
काठमाडौं: नेपाल प्रहरीको प्राविधिकतर्फ डीआईजी पदका लागि ३ जना एसएसपीलाई बढुवा सिफारिस गरिएको छ। जसमा बढुवाका लागि एसएसपी डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सञ्जिता दाहाल (घिमिरे) को नाम सिफारिस भएको छ। एआईजी भीम ढकालका अनुसार उनीहरुलाई आइतबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो। यस्तै उता जनपदतर्फ पनि ८ वटा दरबन्दी रिक्त रहेकोमा बढुवाको तयारी थालिएको छ। गृहस्रोतका अनुसार डीआईजी बढुवामा तिव्र टक्कर भएपछि डीआईजीको दरबन्दी पनि थप्न लागिएको छ। रिक्त पदमा मात्रै दुई दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन्। जसकारण बढुवामा ढिलाई भएपनी एक साताभित्रै बढुवा गरिने स्रोतको दाबी छ।
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि नयाँ समितीले काम थालेको छ। अघिल्ला अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको हो। पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो। नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका आवश्यक निचोडहरूलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन्। सोही बमोजिम समितिले थप अनुसन्धानको कामसमेत थालेको ज आएको छ। समितीका सदस्यसमेत रहेका सिआईबीका…
धनगढी: सुदूरपश्चिममा हुन गइरहेको उपचुनावमा ६ स्थानमा ३१ जना चुनाव लड्ने भएका छन्। प्रदेशमा रिक्त ६ पदका लागि हुने उपचुनावमा राजनीतिक दल र स्वतन्त्र गरेर ३१ जना चुनावी मैदानमा उत्रिएका छन्। सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दिएका छन्। सुदूरपश्चिमको कञ्चनपुर, कैलाली, दार्चुला, डोटी बझाङ र बाजुरा गरेर ६ जिल्लाका ६ स्थानमा रिक्त जनप्रतिनिधि पदपूर्ति गर्न मंसिर १६ गते हुने उपचुनाव हुँदैछ। आइतबार भएको उम्मेदवारी दर्तामाथि बुधबार बिहान १० देखि अपराह्न ३ बजेसम्म दाबी विरोध, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ र मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली…
धनगढी: सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि डोटीको केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ। सोमबार बेलुका ८ बजेदेखि अवरुद्ध सडक साढे १२ बजेदेखि सुचारु भएको हो। जिल्ला प्रहरी कार्यालयले पीडीत पक्षलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सुचारु भएको जनाएको छ। गत शनिबार सुपप्र ०३ ००१ प ०६६८ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपायल सिलगढी नगरपालिका-१ सिर्खालीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो। मृतकका आफन्तले क्षतिपूर्तिको मांग गर्दै केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा -६ सिर्खाली खण्ड अवरुद्ध गरेका थिए। प्रहरीले जीप चालक भरतबहादुर सिंहलाई पक्राउ गरिसकेको छ।
काठमाडौं: नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग गर्नेमाथि कारबाही हुने भएको छ। गृह मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो हुनेगरी पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्नेलाई कारबाही गर्न निर्देशन दिएसँगै प्रहरी महानिरीक्षकको सचिवालयले सबै प्रहरी कार्यालयलाई कार्यान्वयनका निम्ति पत्राचार गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले सुरक्षा निकायसँग मेल खाने पोशाक र दर्ज्यानी चिन्हको प्रयोग नगर्न निर्देशन दिएको छ। गत असोज ११ गतेको गृहमन्त्रीस्तरीय निर्णय र असोज १५ गते प्रहरी महानिरीक्षक सचिवालयको आदेशको प्रतिलिपि काठमाडौं महानगरपालिकासहित ११ वटा स्थानीय पालिकालाई पठाउँदै परिसरले एउटै किसिमको पोशाक र दर्ज्यानी चिन्हको प्रयोगले आम नागरिकमा द्विविधा उत्पन्न भएको जानकारी…
काठमाडौं: कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली त्यसतर्फ लागेकी छन्। नोभेम्बर १९ (आज) देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगिताका लागि उनी सोमबार साँझ कम्बोडिया गएकी हुन्। प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छिन्। कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले बुद्धको थिम बनाएकी हुन्। नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताउँदै उनले आफूले सक्ने प्रयास गर्ने बताइन्। ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ। उनी नेपालको प्रतिनिधित्व गर्दै नेक्स्ट मोडल्स नेपालमार्फत कम्बोडिया गएकी हुन्। वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन्। अनिसा केही…