Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् ।

Read More

धनगढी : न्याय परिषद्ले देशभरका २१ जना जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको छ। शुक्रबार दिउँसो बसेको परिषद्को बैठकले विभिन्न २१ जिल्लाका न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो। यो संगै सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा नयाँ न्यायाधीश आउने भएका छन् ।न्याय परिषद्को सिफारिसका आधारमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सरुवाको निर्णय गर्नेछन्। हेर्नुस् सूचीः JUdge-saruwaDownload

Read More

धनगढी : मादक पदार्थ सेवन (मापसे) गरेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलमा अमिल्दो हर्कत देखाएका छन् । श्रीएयरलाइन्सको दिउँसो २ः५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो । श्रीएयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो । एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन…

Read More

काठमाडौं : गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा.प्रिति मिश्रलाई कारबाही गर्ने तयारी गरेको छ । लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कविहीन बनेपछि इन्सपेक्टर मिश्रमाथि मन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको हो । सोही अनुसार इन्सपेक्टर मिश्रको नाममा मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गरेको छ । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिइन् । मन्त्रालयका अनुसार उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा आएकी छैनन् । बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए…

Read More

काठमाडौं : निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएपछि रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको हो। कलङ्कीदेखि हिंड्दै आएको निर्मला कुर्मीको न्यायको लागि सङ्घर्षरत समूहले मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको विरोधमा पाँचौ चरणको आन्दोलन सुरु गरे। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको थियो । कुर्मीले साउन ९ गते बुधबार प्रदेश…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।

Read More

धनगढी: धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए। ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि बुधबार र बिहीबार उनको खोजी गरिएको थियो। प्रहरीले बिहीबार (हिजो) राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकै…

Read More

धनगढी : काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएको छ । बिहीबार साँझ ५:३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठुलो हावाहुरी चलेर मौसम एकाएक खराब भएको थियो । मौसम खराब हुँदा धनगढीसम्म आउन समस्या हुने भएपछि जहाज काठमाडौँ फर्किएको बुद्ध एयरका धनगढी इन्चार्ज बुधराम माझीले जनकारी दिए । काठमाडौँबाट उडेको जहाज करिब १ घण्टापछि पुन काठमाडौँ नै फकिएको हो ।

Read More

धनगढी : कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सदस्य अभिनास कुवँरलाई पक्राउ गरिएको भन्दै लेखकको पुत्ला दहन गरिएको हो । साउन २३ गतेका दिन पार्टीको पत्रकार सम्मेलन सकेर निवास फर्किने क्रममा गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीबाट सादा पोशाकमा रहेका आफुलाई प्रहरीले कुवँरलाई पक्राउ गरेका थिए । सोही घटनाको विरोधमा गृहमन्त्री लेखकको पुत्ला दहन गरिएको हो । उनीहरुले झुट्टा मुद्दा खारेज गर, नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरुको संरक्षक गृहमन्त्री रमेश लेखक राजिनामा दे लगाएतका नाराहरु समेत लगाएका थिए ।

Read More

काठमाडौं : नेकपा एमालेको अनुशासन आयोगले पार्टीका केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न सिफारिस गरेको छ । स्थलगत अध्ययन सहितको छानबिनपछि आयोगले महर र शाहलाई कारबाही सिफारिस गरेको हो । ‘आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययन, पीडित र अरु व्यक्तिहरुसँग कुरा गर्दा उहाँहरु दुवै जना पदमा बस्न योग्य देखिनुभएन’, आयोगका एक सदस्यले भने । उनका अनुसार, छानबिन प्रतिवेदन तयार भएपछि आयोगको बैठक बसेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । ‘पार्टी केन्द्रीय कमिटीले के गर्छ, थाहा भएन । तर उहाँहरुले गरेको काम अनुशासन बाहिरको कुरा हो’, ती सदस्यले भने । कर्णाली प्रदेश अध्यक्ष…

Read More