बैतडी : बैतडीमा एक वृद्धा बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका-३ डुङ्गरी बस्ने ६७ वर्षीया वृद्धा सरस्वती ऐर तीन दिन देखि बेपत्ता भएकी हुन्। सोमबार बिहान घरबाट सरसफाइका लागि हिंडेका आमा अहिले सम्म सम्पर्क नआएका बेपत्ता वृद्धाका छोरा मोहन ऐरले जानकारी दिए । सम्पर्क विहिन आमाको खोजतलास गर्दा पनि अहिले सम्म फेला नपरेका उनले बताए। वृद्धा बेपत्ता भएपछि प्रहरीमा समेत खबर गरिएको परिवार स्रोतले जनाएको छ। बेपत्ता वृद्धाको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वृद्धा ऐर तीन दिन देखि बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ। बेपत्ता ऐरलाई कहिँकतै कसैले भेटे नजिकको प्रहरी अथवा मोबाइल नम्बर ९८६६५०८०१०…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापा रहेकी छन्। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
काठमाडौं : नेपाल पुलिस स्कुलमा रिक्त प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। रौतहटको गरुडा र दाङको घोराहीमा रहेका दुई स्कुलका लागि प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले दरखास्त मागेको हो। योग्यता पुगेका इच्छुकलाई आगामी माघ १७ गतेसम्म नक्सालस्थित बोर्डको सचिवालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्न भनिएको छ। बोर्डको सूचनामा उम्मेदवारको योग्यता कुनै विश्वविद्यालय वा अध्ययन संस्थानबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको, माध्यमिक तह वा सोसरहको पदमा कम्तीमा दश वर्ष प्राध्यापक गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उपप्राध्यापक पदमा कम्तीमा तीन वर्ष कार्यरत रहेको हुनुपर्ने उल्लेख छ। त्यस्तै, फौजदारी कसुरमा सजाय नपाएको, दरखास्त…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए। ‘अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ’, उउनले भने। विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए। रासस
काठमाडौं : आईसीसी यू-१९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेका नेपाल यू-१९ क्रिकेट टोलीका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन्। १९ जनवरीदेखि सुरु हुने यू१९ विश्वकपअघि देवसहित सहभागि टोलीका कप्तानले आईसीसीसँग कुरा गरेका थिए । जसमा नेपाल कप्तान देवले नेपालका क्रिकेटको क्रेज अत्याधिक रहेको बताए। ‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ। हाम्रो साथमा नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौं’ देवले भने, ‘त्यो क्रेजको कुनै तुलना हुन सक्दैन। हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौं।’ नेपालको सिनियर टिमबाट समेत खेलिसकेका कप्तान देवले लामो समयपछि…
कैलाली : राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन्। जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ। जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोवासीले एक लाख १० हजार ६५, भूमिहीन दलितले आठ हजार नौ सय ७३ तथा ११ हजार एक सय २३ जना भूमिहीन सुकुम्बासीले निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए। धनगढी उपमहानगरपालिकाका १९ हजार छ सय ६५, गोदावरी…
डडेल्धुरा : कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ। टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल सञ्ज्यालको स्वरमा रहेको देउडा गीतमा लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, टेक बहादुर ऐर, मनिषा धामी, प्रेम धामी तथा शिव चुनारा लगायतको अभिनय रहेको छ। डडेल्धुरा जिल्लाका बिभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक महराकै संगीत र निर्देशक भीम थापाको निर्देशन रहेको छ। गीतमा मोडेल निशा ठगुन्ना धामीका श्रीमान् हरूवा ढाँट चुनावमा उठेको र पराजित भएको देखिन्छ। मोडल निशा बझाङको केदास्यु गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्। हरूवा शंख चिन्ह्बाट चुनाव लडेका हुन्छन्। तर, उनी घण्टा चुनाव चिन्हबाट चुनाव लडेका जीत्वा कापडीसँग…
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
काठमाडौंः पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको पहिचान भएको ६८ वर्षपछि ‘ब्रेक थ्रु’ भएको छ। गत साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच पञ्चेश्वर परियोजनामा सहमति भएको हो। हस्ताक्षर हुन बाँकी सम्झौतामा अहिले प्राविधिकहरुले अन्तिम रुप दिने तयारी गरेका छन्। त्यसलगत्तै एक महिनाभित्र विवादहरु सम्बोधन गरेर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कार्यान्वयनको चरणमा लैजाने सहमति भएको छ। गोप्य राखिएको सहमति भारतमा सम्झौता गरिने छ। अहिले प्राविधिक र भाषागत विषय लेख्ने काम भइरहेको छ। हस्ताक्षारपछि मात्रै सार्वजनिक गरेर कार्यान्वयनमा लैजान नेपाल र भारत दुवैपक्ष सहमत भएका छन्। रणनीतिक महत्वको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा भारत र नेपाल सहमति भएको हो। ६८ वर्षदेखिको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए । बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष…