डडेल्धुरा : कलाकार ध्वज महराको देउडा गीत ‘गडबड गाउँपालिका’ बजारमा आएको छ।
टेक बहादुर ऐरको शब्द सिर्जना तथा ध्वज महरा र इब्सल सञ्ज्यालको स्वरमा रहेको देउडा गीतमा लोकेन्द्र ओझा, निशा ठगुन्ना धामी, टेक बहादुर ऐर, मनिषा धामी, प्रेम धामी तथा शिव चुनारा लगायतको अभिनय रहेको छ।
डडेल्धुरा जिल्लाका बिभिन्न क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक महराकै संगीत र निर्देशक भीम थापाको निर्देशन रहेको छ।
गीतमा मोडेल निशा ठगुन्ना धामीका श्रीमान् हरूवा ढाँट चुनावमा उठेको र पराजित भएको देखिन्छ। मोडल निशा बझाङको केदास्यु गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्।
हरूवा शंख चिन्ह्बाट चुनाव लडेका हुन्छन्। तर, उनी घण्टा चुनाव चिन्हबाट चुनाव लडेका जीत्वा कापडीसँग पराजित हुन्छन्। गीतमा विशेष गरी नेपाली राजनीतिमा रहेका थुप्रै बिकृती र विसंगतीलाई देखाउन खोजेको छ।
हेनुहोस् भिडिओ :
Facebook Comments Box