काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गर्दै त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन्। ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहबाट अभिव्यक्त दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताएका हुन्। पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने उनको सन्देश छ। उनले आफ्नो इतिहास आफ्नो स्वतत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने बताएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई…
Author: महेन्द्रनगर पोष्ट
डडेल्धुरा : इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहल गरिरहेको बताउने परराष्ट्र मन्त्री एनपी साउदले पुनः एकपटक त्यहि आश्वासन दिएका छन् । शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताएका हुन्। ‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने । उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी…
काठमाडाैं : सशस्त्र प्रहरी बल नेपालले नायव निरीक्षक (सई) पदमा विशेष बढुवाका लागि निवदेन माग गरेकाे छ । बलले जिम्मेवारी वहन गर्ने क्रममा घाईते, अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवाका लागि आवेदन माग गरेकाे हाे । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै सई पदमा बढुवा पदपुर्ति गर्न आवेदन माग गरेको हो । सूचना अनुसार संगठनले सुम्पेको जिम्मेवारी सम्पन्न गर्ने क्रममा घाइते, अंगभंग भएका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई मात्र एक पटकको लागि एक तह पदोन्नती दिइने प्रावधान मिलाउने निर्णय भए अनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक १ (विशेष पद) पदमा बढुवाद्धारा…
काठमाडौं : यहि पुस २४ गते गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरुको सरुवा गरेको थियो । सरुवामा सातवटै प्रदेश प्रहरी प्रमुख हेरफेर भएका छन् । जसअन्तर्गत सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ । तर, विवादित डीआइजी अर्जुन चन्द ठकुरीले सुदूरपश्चिम आउन इच्छा देखाएका थिए। सरुवा भएर सुदूरपश्चिम आउन उनले धेरै जोडबल लगाएका थिए। तर उनको सरुवा नहुँदा अहिले पनि एयरपोर्टमै थन्किएका छन्। बैतडी पुर्ख्यौली घर भएका उनी नेपाली काँग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य आरजु राणा निकट मानिन्छ्न्। चन्द उनै डीआइजी हुन्, जो अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख छन्। उनले केही समय अगाडि नेपाल वायुसेवा निगमलाई आफूसहित…
डडेल्धुरा : माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशक सांसद र देशभरका पालिका प्रमुखलाई निम्तो दिइएको छ । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेका हुन्। परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुराम धाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ। परशुराम धाममा भगवानका दश अवतारमध्ये एक परशुरामको अवतार भएको किम्बदन्ती रहदै आएको छ। उक्त धाममा हरेक बर्ष माघ १ गतेदेखि दुई दिनसम्म मकर मेला लाग्ने गरेको छ। मेला भर्न सूुदूरपश्चिमका बिभिन्न जिल्ला तथा छिमेकी राष्ट्र…
कैलाली : कैलालीको मोहन्यालमा एक घरमा आगलागी भएको छ। मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २८ रामबहादुर कसेराको कच्चि एक तले घरमा बच्चाले आगो ताप्ने क्रममा आगो सल्किएर बिहीवार आगलागी भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र धनगढीले जनाएको छ। आगलागी हुँदा १ लाख ३५ हजार बराबरको क्षति भएको केन्द्रले बताएको छ। घर पुर्ण रुपमा जलि नष्ट भएको र मानविय तथा पशु चौपायाको क्षति नभएको जनाइएको छ।
कैलालीको धनगढीबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ लालीपुल नजिकबाट १ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ का २९ वर्षीय हरिश चौधरी बिहीवार राति पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपालगन्ज : सुर्खेतबाट नेपालगन्जतर्फ आइरहेको हायस गाडी कोहलपुर सुर्खेत सडकखण्डअन्तर्गत बबईमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको हायस सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई विहिबार साँझ पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।
काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त मागेको हो । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।
अछाम : अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन्। उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।