काठमाडौँ : माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो । प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि साङ्घातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका रमेश भण्डारीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ। धनगढी-३ घर भएका भण्डारी चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) हुन्। दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। उनले कार्तिक २६ गते राति अस्पतालबाट ल्यापटप चोरेको बताइएको छ। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर…
बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाकाे दोगडाकेदार गाउँपालिका-४ मल्लीओढार बस्ने अन्दाजी २२/२३ वर्षीय तर्कराम महर रहेका छन्। उनी बिहान १० बजेतिर मृत फेला परेका हुन् । घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् । मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए। तर, घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
काठमाडाैं : नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्। कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कडेँल कांग्रेस केन्द्रिय सदस्य हुन् ।
गाजा : गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसूद, अल अस्ली, अल तुलुली, अबु दान र अबु दयार परिवारका सदस्यहरू रहेका छन्। जबलियाको छेउमा रहेको फलुजाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा थप तीन नागरिकको मृत्यु भएको प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ। इजरायली हवाई आक्रमण र गाजा शहरमा तोपखाना फायरले शेख रदवान, तुफाह र शुजैया छिमेकहरू साथै याफा स्ट्रीटलाई निशाना बनाएको छ।
काठमाडौँ : मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रवार घाइतेको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकले यस्तो जानकारी गराएका हुन्। उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताए। उनले भने, ‘डढेको विरामीको उपचारमा यति नै समय भन्न सकिँदैन, सबै चिकित्सक काममा लागिरहनुभएको छ। ६ जनाको अवस्था गम्भीर छ।’ मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए। उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी दिए। उनले…
काठमाडौँ : भारतमा आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको सुरु भएको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् । उक्त कार्यक्रममा आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३…
झापा: नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुक आइडीमार्फत कानुन विपरीतका क्रियाकलाप गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ। उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।
धनगढी : सुदूरपश्चिम प्रदेशमा तिहारका बेला सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तिहारका बेला भएका दुई र चार पांग्रे सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको जनाएको छ। २२ वटा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु र ५४ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) अनिल उप्रेतीलेजानकारी दिए। उनकाअनुसार यो दशैंका बेला भएका सवारी दुर्घटनाको तुलनामा झण्डै दोब्बरले बढि हो। प्रदेशमा दशैंका बेला भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको तथ्यांक प्रहरीसँग रहेको छ तर तिहारमा भने बढी संख्यामा दुर्घटना भएका हुन् भने मृतकको संख्या समेत बढेको…
काठमाडौं : आतंकवाद प्रतिरोधबारे गृह मन्त्रालयमा गम्भीर छलफल भएको छ। मन्त्रालयले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आतंकवाद प्रतिरोध सम्बन्धी छलफल गरेको हो। आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक बैठक बोलाएर गृहले आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग रणनीतिक छलफल गरेको हो। गृहसचिव दिनेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई, नेपाली सेना र तीनवटै प्रहरी संगठनका प्रमुखहरु सहभागी थिए। नेपाली सेनाको तर्फबाट रथी सिताराम खड्का, नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्र आइजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख किरण बज्राचार्य बैठकमा उपस्थित थिए।