Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादपछि मुख्यमन्त्री सोडारी विश्वासको मत लिने तयारीमा लागेको बताइएको छ । वैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार उनी जेठ ३ गते विश्वासको मत लिने तयारीमा जुटेका हुन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले शीर्ष तहबाट आएको निर्देशनअनुसार विश्वासको मत लिन लागिएको बताए । उनले भने, ‘शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र (एकीकृत समाजवादी) का अध्यक्ष…

Read More

धनगढी : धनगढीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार धनगढी—१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्र्याक्टरको पछाडिको टायर पड्किएर ट्र्याक्टर पल्टिएको थियो । ट्र्याक्टर पल्टिदा ट्र्याक्टरमा सवार धनगढी उपमहानगरपालिका—१३ कैलालीगाउँ बस्ने २१ वर्षका समीर राना गम्भिर घाइते भएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका रानाको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Read More

बैतडीः कुटपिटबाट बैतडीमा एक महिला घाइते भएकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ३२ बर्षीया डम्मरा कार्की छिमेकीको कुटाइबाट घाइते भएकी हुन्। सोही स्थानकी २८ बर्षीया अस्मिता चन्दले कुटपिट गरी कार्कीलाई घाइते बनाएकी हुन्। सामान्य घरायसी विवादमा चन्दले शनिबार कार्कीलाई दाउराले हिर्काएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घाइते कार्कीको घाँटी र टाउकोमा चोट लागेको छ। जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि कार्कीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ। दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा जानकारी लिने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

Read More

धनगढी : धनगढीमा प्रहरीविरूद्व जासुसी गरि तस्करहरूलाई सघाउने भूमिका खेल्ने अर्का युवकलाई पनि पक्राउ गरिएको छ। प्रहरीले आज धनगढी उपमहानगरपालिका -९ तारातालका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। उनी धनगढी-८ को भगतचोकमा कपाल काट्ने काम गर्दै आएका छन्। पार्कीले दिउँसो कपाल काट्ने तथा रातिको समयमा तस्करहरूलाई प्रहरीबारे सूचना दिने गरेकाे खुलेकाे प्रहरीकाे भनाइ छ। उनले विगत ७/८ वर्षदेखि प्रहरीबारे तस्कर समूहहरूलाई सूचना दिने गरेको  बयान दिएका छन्। पार्कीले बङग्राकटानदेखि भगतचोकसम्मको सूचना तस्कर समूहलाई दिने गरेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले बताए। उनले प्रति सूचना तस्कर समूहबाट ५ सय रकम लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Read More

धनगढी : अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको नेतृत्वमा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरू पछि मनोनीत गरिने जनाइएको छ । अनेमससंघ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए । अनेमसंघले युवा महिलाहरूलाई राजनीतिमा जोड्न सबै जिल्लामा युवा भेला गर्दै कमिटी…

Read More

काठमाडौं :  प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् । शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनमा पनि गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।

Read More

काठमाडौँ : न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौँ), डा.मधुसुधन न्यौपाने (काठमाडौँ), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली) को उम्मेदवारी परेको छ । समितिको अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएका थिए । सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार उनीहरूको दरखास्त स्वीकृत भएको छ । श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति…

Read More

काठमाडौँ : पछिल्लो केहिदिन यता देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना…

Read More

धनगढी : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। घरभित्रै वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्। ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्। नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए। उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन्। प्रहरीले त्यस विषयमा…

Read More

काठमाडौ : काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ। मोरङ घर भई  बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिए। प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। उनका अनुसार घटना आपसी विवादकाे कारण हुन सक्छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

Read More